वर्षा शुरु भएसंगै किसानहरु खेतमा

रबिन्द्र प्रजापति, असार २२ गते रौतहट । रौतहटसहित देश भरी वर्षा शुरु भएसंगै रौतहट सहित तराई मधेशका किसानहरु धान रोपइँमा ब्यस्त बनेका छन । पानी पर्नलागे पछि रौतहटका किसानहरुले खेत जोताई गरी धान रोपाइँ गरि रहेका छन । वर्षाहुनलागे पछि किसानहरुले निकै खुशि भएका छन ।
यता मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, मधेश प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ ।
आज राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

error: Content is protected !!