कटहरिया गम्हरीया बिचको कजबे माथी बग्न थाल्यो बाढीको पानी,आवागमन ठप्प

रबिन्द्र प्रजापति, असार २७ गते । रौतहट ।
अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ४ देखि गम्हरीया जानेबाटो अवरुद्ध भएको छ । बिहीबार विहान देखिको लगातार भईरहेको अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरिया देखि गम्हरीया आवागमन ठप्प भएको हो ।
कटहरिया गम्हरीया सडकखण्डको लालबकैया नदीको पुल भन्दा करिब १ किलो मिटर पश्चिमपट्टी कजबे माथी पानी चलन थालेपछि बाटो अवरुद्ध भएको छ । दुईसो करिब ४ बजे देखि यातायात बन्द भएको छ ।
लालबकैया नदीमा आएको बाढीको पानी कजबे माथी नै भएर बग्न थालेपछि सो बाटो दुईसो देखि अवरुद्ध भएको छ । बाटो माथी भएर बाढीको २ फिट भन्दा बढी पानी चलेको छ । जसका कारण यातायात सञ्चालन पुर्ण रुपमा बन्द भएको छ ।
उक्त बाटो अवरुद्ध भएपछि सो क्षेत्रका हजारौं मानिसलाई कलैया बिरगञ्ज आउनजान १५ किलोमिटर घुमाउरो बाटो जानुपर्ने बाध्यता भएको केहि स्थानियहरुले बताए ।
अविरल बर्षाको कारण जिल्लाको केही भाग डुबानमा परेको छ भने ग्रामीण भेगको बाटो हिलामय भएर आवतजावत गर्न कठिनाइ भएको छ ।

error: Content is protected !!