रौतहटमा मंगलबार राती एक युवको हत्या, दुई जना पक्राउ

रबिन्द्र प्रजापति, असार २६ गते । रौतहट ।
रौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेकोे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आलमको शव शनाथ नगरपालिका–२, औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आप बगंैचामा फेला परेको हो । मियालाई दुई जनाले धारिलो हतियार र रडले पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘एकै समूहमा बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि धारीलो हतियार र रड प्रहार भएको आशंका छ’, जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले भने, ‘घटनाको सम्बन्धमा मंगलबार राति देखिनै अनुसन्धान सुरु गरेका छौं ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको एसपी घिमिरेले बताए । हत्यामा संलग्न दुई प्रतिवादीलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेका छन ।
पक्राउ पर्नेमा बौधिमाई नगरपालिका वडा नम्बर १ बौधा पतौरा घर भई हाल ईशनाथ नगरपालिका वडा नम्बर ३ आफ्नै मामाको घरमा भोज साहको छोरा अं. वर्ष १८ को दशई साह र ईशनाथ नगरपालिका वडा नम्बर ३ बस्ने मदन साहको द्धोरा अं. वर्ष १९ को रोशन साहलाई पक्राउ गरिएको एसपी घिमिरेले बताए ।

error: Content is protected !!