रौतहटको महम्मदपुरको पोखरीमा डुबेर एक जनाको मृत्यु

रबिन्द्र प्रजापति, असार २६ गते । रौतहट ।
रौतहटको पोखरीमा मृत अवस्तामा एक जना पुरुष फेला परेको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं ५ महम्मदपुर निबासी ओजित राय यादबको छोरा अं.२१ बर्षिय अनिल यादबको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएका छन ।
महम्मदपुर गाउँमै रहेको ५० औं फिट गहिरो पोखरीमा डुबेर यादवको मृत्यु भएको हो । यादवलाई मंगलबार फेला पारेको प्रहरीले बताएका छन । मृत्क यादवले सम्पर्क विहीन भएपछि पिडित परिवारले प्रहरी प्रशासनलाई जानकारी समेत गराएको थियो ।
सोही सूचनाको अधारमा प्रहरीले खोजी कार्य गरि रहेको थियो । मृतक यादवको शब दुई दिनको कडा खोजतलास पछि फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिनु भयो । यादबको छारे रोगको कारण पोखरीमा डुबेर मृत्यु भएको अशंका रहेको छ ।

error: Content is protected !!