मधेश प्रदेशका सबै राज्यमन्त्री बर्खास्त

जनकपुरधाम, २९ साउन । चौतर्फी रुपमा चर्को आलोचना भएपछि मधेश प्रदेशका मुख्यमन्त्र सतिशकुमार सिंहले सबै राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, लोसपाको समर्थनबाट जनमत पार्टीका सतिशकुमार सिंह मुख्य बनेपछि सहभागी दलको दवावमा राज्य मन्त्री बनाएका थिए । तर राज्यमन्त्री बनाएपछि मधेश प्रदेश सरकारको चौतर्फी रुपमा चर्को आलोचना हुँदै गएपछि आज मंगलवार एकाएक आठै जना राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
११ वटा मन्त्रालयमा २० सदस्यीय पुगेको मधेशको मन्त्रि परिषद्बाट ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्दा अब १२ सदस्यीय मन्त्रिपरिषद्मा सिमित भएको छ । जसमा ११ मन्त्रालयमा १÷१ जना मन्त्री र एक मुख्यमन्त्री रहेको हो ।
२५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले पछिल्लो पटक २२ साउनमा पाँच राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद २० सदस्यीय बनाएका थिए । मन्त्रिपरिषदलाई अनावश्यक रुपमा ठूलो बनाएर राज्यस्रोतको दोहन मात्र गरेको भन्दै आलोचना भएको थियो ।
मधेश प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालले यसैलाई मुद्दा बनाएर जनकपुरमा कुर्सी जुलुश निकाल्दै आन्दोलन सुरु गरेपछि मुख्यमन्त्री दवावमा परेको थियो ।
बर्खास्तीमा पर्ने राज्यमन्त्रीहरुमा एमालेका ३, काँग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका थिए ।
चौतर्फी आलोचना पछि जनमत पार्टीले मुख्यमन्त्री सिंह संग स्पष्टीकरण समेत सोधेको थियो भने सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महर लगायतले केन्द्रीय समिति बैठकमै मधेसमा जम्बो मन्त्रिपरिषद् गठन गरेकोमा चर्को रुपमा आलोचना गरेका थिए ।
मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूलाई पदबाट राजीनामा दिन भनेका थिए । सोही अनुसार सत्तारूढ नेकपा (एमाले) का तीन जना राज्यमन्त्रीले सोमबार नै राजीनामा बुझाएको श्रोतबाट बुझिएका छन् ।

error: Content is protected !!