बारामा विषक्त खाना खाएको कारण एकै परिवारका तीनजना बालबालिकाको मृत्यु

बरामा विषक्त खानाकारण एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका– ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरी छन् ।

उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन रामको सोमबार मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
उनका अनुसार आइतबार घर नजिककैको पोखरीबाट ल्याइएको माछा र भात राति सपरिवार खाएर सुतेका थिए ।

क्उयलकयचभम

राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए । सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुलाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो ।

उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र दुईजनाको कलैया अस्पतालमै उपचारको क्रममा पुष्पा र कृष्णनन्दको मृत्यु भएको डिएसपी सापकोटाले बताए ।
तीनैजनाको शवको सोमबार नै कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाएको प्रहरीले जनाएको छ ।

विषाक्त माछाले फुड प्वाइजनिंग भएर बालबालिकाको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । तर सँगै खाएका ठूला मान्छेलाई भने केही नभएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी सापकोटाले बताए ।

error: Content is protected !!