५१ औं बर्षमा आफ्नै भवनमा सञ्चालनमा आएको कटहरियाको नेपाल बैंकको उदघाटन सम्पन्न

रबिन्द्र प्रजापति, साउन ३२ गते । रौतहट ।
रौतहटको चर्चीत बजार कटहरियामा रहेको नेपाल बैंकको उदघाटन विहीबार सम्पन्न भएको छ । कटहरियामा नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औं बर्षमा आफ्नै भवनमा सञ्चालनमा आए पछि विहीबार उदघाटन भएको छ । पानसमा बत्ती बालेर रिबन काटी समुदघाटन भएको छ ।
नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख प्रदिप पाठकको अध्यक्षतामा उघाटन भएको छ । उदघाटन कार्यक्रमको प्रमुख अतिथि बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डे, संचालक समितिका सदस्य विवेक सम्सेर जबरा रहनु भएको थियो ।


उक्त उदघाटन कार्यक्रममा बैंकका सेवागा्रही, स्थानीय ब्यपारी, भद्रभलादमी, शिक्षक, कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, कटहरिया बहुमुखि क्याम्पसका प्रमुख गजेन्द्र यादव, मेयर प्रत्याशी नसरुदिन अंसारी, ईलाका प्रहरी कार्यालय कटहरियाका सई शिवशंकर शर्मा,लगाएत ब्यक्तिहरुको उपथित रहेको थियो ।
२०३० सालमा कटहरिया बजारमा स्थापना भएको नेपाल वैंकको ५१ औं बर्षमा गत आईतवार देखी आफ्नै भवनमा सञ्चालनमा आएको हो। ईलाका प्रहरी कार्यालय कटहरीयाको अगाडि बैंकको आफ्नै जग्गामा निर्माण गरिएको सुबिधा सम्पन्न भवनमा बैंगकिङ कारोवार सुरु भएको प्रबन्धक आनन्द कुमार यादवले बताएका छन्।
वैंकको नाउँमा दर्ता रहेको दुईकठा क्षेत्रफल जग्गामा कूल २ करोड,६४ लाख ६३ हजार ४४० रुपैयाँको लागतमा भवन निर्माण भएको हो। टेण्डर प्रक्रियाबाट कन्चन कन्स्ट्र्सन कम्पनीले ठेक्का सम्झौता अनुसार नेपाल बैंक लिमिटेड कटहरियाका शाखाको भवन निर्माण गरेको प्रबन्धक यादवले बताएका छन्। कटहरिया शाखा स्थापना कालदेखि नै बर्षेनी नाफामा रहँदै आएको जनाइएको छ।
हाल कटहरिया शाखामा झण्डै ११ हजार ग्राहक रहेका प्रबन्धक यादवले जानकारी दिनु भयो । कटहरिया शाखामा नगद,कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा , आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबंधक यादवले जानकारी दिएका छन। भवन निर्माण संगै नेपाल बैंक द्वारा एटिएम सञ्चालनको लागि प्रक्रिया सुरु गरिएकाले केही समय भित्रै उक्त सेवा उपलब्ध गराउने उनले जानकारी दिएका छन्।

error: Content is protected !!