संचारकर्मी फणीदेव महतलाई आर्थिक सहयोग गरौं

रौतहट, ३१ साउन । रौतहटका सञ्चारकर्मी फणीदेव महत विगत दुई वर्षदेखि टाउकोमा ट्युमरको समस्याबाट पीडित छन् ।
उनी प्रेस चौतारी नेपालका मधेश प्रदेश अध्यक्ष, अन्नपूर्ण पोस्टका रौतहट संवाददाता, र चन्द्रनिगाहपुरमा रहेको रेडियो सुप्रीमका सञ्चालक पनि हुन् ।
काठमाडौं र दिल्लीमा गरिएको ब्रेन ट्युमरको उपचारमा ५० लाख भन्दा बढी खर्च भइसकेको छ, तर महत पूर्णरूपमा स्वस्थ हुन सकेका छैनन् । चिकित्सकहरुको सिफारिस अनुसार, उनको थप उपचारका लागि तुरुन्तै भारतको दिल्ली जानुपर्ने आवश्यकता छ ।
उपचारमा लागेको ठूलो आर्थिक भारका कारण महत अहिले आर्थिक संकटमा छन् । यस अवस्थामा, उनको उपचारका लागि तत्काल १५ लाखभन्दा बढी रकम आवश्यक भएको हुँदा, उनले सहयोगको अपिल गरेका छन् ।
सबै शुभचिन्तक तथा साथीहरूलाई क्यूआर कोड मार्फत आफूले सक्ने सहयोग गरिदिन तथा महतको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गरिएको छ ।

error: Content is protected !!