रौतहटमा राखी (रक्षाबन्धन) पर्वको चहलपहल

रबिन्द्र प्रजापति, भदौ ०२ गते । रौतहट ।
रौतहट सहित तराई–मधेसमा यतिबेला राखी अर्थात रक्षाबन्धन पर्वको चहलपहल सुरु भएको छ । साउन शुक्लपक्ष सुरु भएसँगै रौतहट सहित तराई–मधेसका नगरपालिका र गाउँपालिकाहरुको गाउँ,घर र नगरबस्तीहरुमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धुन गुञ्जिरहेका छन् ।
दिदीबहिनीले यस वर्ष भदौ ३ गते सोमबारका दिन राखी पर्व धुमधामका साथ मनाउने तयारी गरेका छन् । भाइबहिनीको पवित्र एवं अटुट बन्धनको प्रतीकका रुपमा रक्षाबन्धन पर्वलाई मानिन्छ । आईतबार रौतहटको कटहरिया, गौर गरुडा, चन्द्रनिगाहपुर, मौलापुर लगायतको बजारमा अहिले रङ्गीविरङ्गी राखीले भरिभराउ भएका छन् । आईतवार कटहरिया बजारमा राखि किन्ने दिदी बहिनीहरुको चहल पहल बढि देखिएको स्थानीय सञ्चारकर्मी रबिन्द्र प्रजापतिले जानकारी दिनु भयो ।
राखीसँगै विभिन्न प्रकारका मिठाइ तथा फलफूलले बजारको रौनकता बढाएको सञ्चारकर्मी प्रजापतिले जनाएको छ । मानिसको भिडभाडले बजारमा अरुबेला भन्दा बढी चहलपहल देखिएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको कटहरिया बजारमा राखी किन्ने र बेच्नेको उपस्थिति बढेको देखिन्छ । ग्राहकको रोजाइँ अनुसार राखी उपलब्ध गराउन व्यस्त रहेको कटहरिया बजारका राखी पसल सञ्चालकहरुले बताउनु भयो । यस वर्ष भदौ ३ गते सोमबारका दिन रक्षा बन्धन परेको छ । राखि बाँधने उपयुक्त समय डेढ बजे पछिरहेको छ ।

error: Content is protected !!