गौर देखि गंगापिपरा सडक निर्माणमा ढिलासुस्तीलाई लिएर प्रजिअलाई ज्ञापन

रौतहट, ४ भदौं ।

गौर गंगापिपरा सडक खण्ड अन्तर्गतको १२ किलामिटर सडक खण्ड निर्धारित समयमा बन्न नसक्दा स्थानीय बासिन्दाहरुलाई भईरहेको कठिनाईलाई ममन गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएका छन् ।
गौर गंगापिपरा सडक खण्ड अन्तर्गत पर्ने गाउँका स्थानीय बासिन्दाहरु संग मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले जनताहरु दैनिक रुपमा भोग्दै आएका पीडामर्कालाई समयमै समाधान गर्ने हेतु प्रजिअ हिरालाल रेग्मीको ध्यानाकर्षण गराई ज्ञापन पत्र बुझाइएका हुन् ।
साह निर्माण सेवा मलंगवा १० सर्लाहीले २०७९ साल असार १७ गते सम्झौता गरेर दुई बर्ष भित्रमा १२ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने सम्झौता गरेका थिए । तर गरिएका सम्झौता अनुसार एक मिटर समेत कालोपत्रे नभएको र निर्धारित समय सकिन लाग्दा उक्त बाटो भएर ओहरदोहर गर्ने स्थानीय बासिन्दाहरु निकै चुनौती एवं जोखिम मोलेर हिड्नु परेको अवस्थालाई स्थानीय प्रशासन समक्ष जानकारी गराउदै अविलम्ब उक्त समस्याको निकास निकाल्न उक्त ज्ञापन पत्र बुझाइएको पूर्व कृषि राज्य मन्त्री योगन्द्र यादवले बताए ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सेवाग्रही संगै प्रदेशका पूर्व कृषि राज्य मन्त्रीको अगुवाईमा आएको एक डेलगेशनले ज्ञापन पत्र बुझाएको स्वीकार गर्दै उक्त समस्या समाधान गर्ने हेतु सडक डिभिजन कार्यालय र निर्माण व्यवसायी पक्ष संग समन्वय गरी अविलम्ब सडक निर्माण गर्ने तर्फ अग्रसर गराउने प्रतिबद्धता जनाए ।

error: Content is protected !!