राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार रौतहटको गौरमा एक समारोहका बीच समुदघाटन

रौतहट, ४ भदौं ।

रौतहट सदरमुकाम गौरमा राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार एक समारोहका बीच समुदघाटन भएका छन् ।
गौर नगरपालिका वडा नम्वर २ स्थित जुद्ध माध्यमिक विद्यालयको छात्राबास भवनमा राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसलाई आज एक समारोहका बीच राजर्षीजनक विश्वविद्यालयका उपकुलपति अमर यादवले उदघाटन गरेका हुन् ।
उदघाटन भएका पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र देखि बिएससी कृषि र बिबिए संकाय तर्फ अध्यापन सुरु गरिने भएको जनाएको छ ।
गौर नगरपालिकाको विशेष पहलमा एवं आर्थिक सहयोगमा राजर्षीजनक विश्वविद्यालयले गौर जस्तो स्थानमा बहमुखी क्याम्पसको संचालन ल्याएपछि गौर सहित रौतहट जिल्लाभरीका जनताहरुलाई बाहिर गएर अध्ययन अध्यापन झन्झटिलो अवस्थाबाट मुक्ति मिलेको वक्ताहरुले बताए ।
राजर्षीजनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले विश्वविद्यालय मधेश प्रदेशमा स्थापना भएपछि नै आठ वटै जिल्लामा प्राविधिक तर्फका बहुमुखी क्याम्पसहरु संचालनमा ल्याउने योजना अनुरुप गौर नगरपालिकाले जग्गा र घर उपलब्ध गराएपछि यहाँ यसै शैक्षिक सत्रबाट दुई वटा विषयमा अध्यापन सुरु गरिने बताए ।
मधेशका जिल्लाहरुमा पछाडी परेका रौतहट जिल्लाको गौरमा विएससी कृषि र विविए संकायको अध्यापन सुरु गरिदा कोटाको ३० प्रतिशत छात्रवृति दिइने छ । जसमध्ये १० प्रतिशत जेहन्दार तथा २० प्रतिशत विभिन्न जनजाती कोटालाई आरक्षित गरिएको उनले भने ।
राजर्षीजनक विश्वविद्यालयका रेक्टर सत्यनारायण साहले गौर जस्तो स्थानमा नगरप्रमुखले जग्गा उपलब्ध गराएर यति चाँडै बहुमुखि क्याम्पस संचालन हुनु खुशीको खवर रहेको उनले स्पष्ट पारे ।
गौर नगरप्रमुख शम्भ साहले नगरवासीको चाहना एवं रौतहटवासीको स्नेह तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको साथ सहयोगको कारण सदरमुकाम गौरमा बहुमुखी क्याम्पस संचालनमा ल्याएर यहाँका बासिन्दाहरु समक्ष खरो रुपमा उत्रिएको स्पष्ट पारे । नगरपालिकाको आर्थिक सहयोग तथा भौतिक पूर्वाधार सहयोगका कारण यसै बर्ष देखि दुई वटा संकाय संचालनमा ल्याउन पाउदा निकै खुशी लागेको बताउदै नगरवासीको साथ र सहयोग रहीरहेमा गौरलाई मधेश प्रदेशमै नमूनाको रुपमा उभ्याउने प्रतिबद्धता जनाए ।
नगरप्रमुख साहको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक घनश्याम ठाकुर, जेष्ठ नागरिक संघका अध्यक्ष एवं शिक्षक विजयकिशोर झा, समाजवादीका केन्द्रीय सदस्य रेबन्त झा, राजनीतिकर्मी अनिल सिंह, शिक्षक विन्दासाहनी लगायतका समाजसेवी बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत भाषण गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले गरेका थिए भने कार्यक्रमको संचालन गौर नपा वडा नम्वर ९ का अध्यक्ष तथा प्रवक्ता अर्जुन सिंहले गरेको थियो ।

प्रमुख अतिथि एवं राजर्षीजनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादव र गौर नगरपालिकाको प्रमुख शम्भु साहले संयुक्त रुपमा विरुवा रोपेर यस बहुमुखी क्याम्पसलाई हराभरा बनाउने प्रतिबद्धता जनाए ।

error: Content is protected !!