स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने रास्वपाकाे निर्णय

काठमाडौं, ५ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ ।

पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी गराए । ‘स्थानीय तहको उप निर्वाचनका आम नागरिकको अधिकार प्राप्तका लागि सुशासन कायम गर्ने बलियो कडिका रुपमा बढाउने निर्णय भएको छ,’ बुर्लाकोटीले भने ।

निर्वाचन आयोगले आगामी मंसिरमा स्थानीय तहमा रिक्त रहेका पदमा उप निर्वाचन गर्न लागेको छ । स्थानीय तहको निर्वाचन रास्वपाको सहभागिता लागि पहिलोपटक हुनेछ ।

error: Content is protected !!