सरकारको प्रमुख प्राथमिक्ता शान्ति, सुव्यवस्था र विधिको शासन कायम गराउने ः गृहमन्त्री रमेश लेखक

जनकपुरधाम, ६ भदौं । गृहमन्त्री रमेश लेखकले शान्ति, सुव्यवस्था र विधिको शासन कायम गराउने शिलशिलामा दुई दिने मधेश भ्रमणको क्रममा विहिवार विहान जनकपुरधाम आइपुग्नु भएको छ ।
आज विहान जनकपुरधाम विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरु संग कुरा गर्दै गृहमन्त्री लेखकले मुलुकमा दिगो शान्ति कायम गरेर सुशासन व्यवस्था कायम गर्नुका साथै विकास र समृद्धि प्राप्त गर्ने गराउने कार्यमा वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको र सोही अनुसार अघि बढिरहेको बताए ।
वर्तमान सरकार जनतालाई सुशासन सहितका उपलब्धीहरु दिनका लागि बनेको हो, जनताहरुलाई जतिसक्दो सेवा सुविधा एवं शान्ति सुरक्षा दिई पूर्ण रुपमा विकासको प्रत्याभुति गराई मुलुकमा शान्ति सुव्यवस्था तथा विधिको शासन काम गराउने कार्यमा पूर्ण प्रतिबद्ध रहेको जिकिर गरे ।
साथै नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गरी परिमार्जन गर्ने तथा कानुन नयाँ बनाउने तर्फ गृह मन्त्रालयबाट आवश्यक प्रक्रिया अघि बढाइसकेर अर्थ मन्त्रालयमा गएको गृहमन्त्री लेखकले स्पष्ट पारे ।
उनले प्रहरी सम्बन्धी संघका ऐनहरुमा संशोधन÷परिमार्जन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने उनले बताए । प्रहरी समायोजन प्रक्रियाले चाँडै अन्तिम रुप पाउने बताउँदै उनले मधेश प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुने कुरामा विश्वस्त रहन आग्रह गरे ।
गृहमन्त्री लेखकलाई विमानस्थलमा नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, उपसभापति विरेन्द्र प्रसाद सिंह, सहितका नेताहरुले भव्य रुपमा स्वागत गरे । मधेश सरकारका मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरुखले भव्य रुपमा स्वागत गरेको नेका मधेश प्रदेश सूचना संचार तथा प्रचार प्रसार विभागका प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
गृहमन्त्री लेखक विमानस्थलबाट सिरहा जिल्लाको लागि प्रस्थान गरे । जहाँ स्व। प्रदीप गिरीको दोश्रो पुण्यतीथिको अवसरमा सहभागी हुने र आजै सिरहा जिल्लाको सुरक्षा अवस्थाको जायजा लिदै सुरक्षा निकायका प्रमुखहरु संग छलफल गरी निर्देशन दिई आज साझ जनकपुरधाम फर्किने कार्यक्रम रहेको उनले बताए । भोली विहान जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको उनले भने ।

error: Content is protected !!