बारामा भ्यानको ठक्करबाट रौतहटका एक जनाको मृत्यु

रबिन्द्र प्रजापति, भदौ १६ गते । रौतहट ।
बारामा भ्यानको ठक्करबाट रौतहटका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ८ सोनरनियाँ गाउँका  ५५ वर्षीय अधिकारी यादव रहेको प्रहरीलव जानकारी दिनु भयो ।


बाराको सिम्रौनगढ- तामागढी सडक खण्डको पडरी गाउँमा पिकअप भ्याननले ठक्कर दिँदा आइतबार यादवको मृत्यु भएको छ ।


 साइकलमा तरकारी लिएर जाँदै गरेका यादवलाई कोल्हवीबाट सिम्रौनगढ तर्फ जाँदै गरेको प्रदेश २-०१-४९२० नम्बरको पिकअप भ्यानले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी नायब निरीक्षक लालु यादवले बताए ।


पिकअप भ्यान र त्यसमा सवार २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
पिकअपमा सवार कोल्हवी-१ का साजन चौधरी र प्रिन्स जयसवाल नियन्त्रणमा रहेका छन् ।


उनीहरू दुवैले बयानका क्रममा पिकअप भ्यान चलाएकाबारे एक अर्कालाई दोष लगाइरहेको प्रहरीको भनाइ छ ।
सवारी चालक अनुमतिपत्र भने साजनसित रहेको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!