रौतहटको शान्ति सुरक्षामा कुनै कसर बाकी नराख्ने: एसपी घिमिरे

सागर संगम ठाकुर रौतहट भदौ १८ गते

रौतहट जिल्ला देखिएको बिभिन्न खाले अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न बिषेश सुरक्षा योजना तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्। रौतहट जिल्लाको शान्ति सुरक्षा प्रति सुरक्षा निकायबाट गर्नु पर्ने कामबारे हाम्रो टिमले इमान्दारीताको साथ गरिने बताएका हुन । सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालयमा कटहरिया म्युजिकल एफएमका प्रवन्ध निर्देशक एवं नेपाल पत्रकार महासंघका जिल्ला सदस्य प्रकाश श्रेष्ट संगको भेटमा एसपी घिमिरेले यस्तो बताएका हुन । शान्ति सुरक्षाको सवालमा रौतहट जिल्ला अतिनै संम्बेदनशलि जिल्लाको रुपमा प्रख्यात रहेको भन्दै सोही अनुसारको प्रहरी परिचालन गरिने बताउनु भयो । चाडपर्व नजिकिए संगै जिल्लाको शान्ति सुरक्षामा चुनौती थपिने भएकाले त्यसतर्फ प्रहरीको बिषेश युनिटले काम गर्ने बताए । भारत संगको खुल्ला समिाना जोडिएका जिल्ला भएका कारणले चुनौतीको सामना बढी गर्नु पर्ने देखिएकाले त्यसतर्फ सजग भएर काम गर्ने भन्नु भयो । यसै गरी जिल्लामा मिटरब्याजी पिडितहरुको सवालमा आफनो युनिटले सुक्षम तरिकाबाट अनुसन्धान गरि पिडितलाई उचित न्याय दिलाउने प्रतिवद्धता जाहेर गर्नु भयो । एसपी घिमिरेले आफनो कार्यकालमा जिल्लाका नागरिकहरुले शान्ति सुरक्षाको अनुभुती महसुस गरियोस् भने आफनो चाहना रहेको बताए । साथै वहाले स्थानिय सरकार र जिल्लाबासी संग प्रहरीको समन्वय राम्रो हुनुपर्ने आशावादी रहेको भन्नू भयो । वहाँले भन्नुभयो जिल्लाको कुनैपनि ठाँमा अपराधिक क्रियाकलाप हुने आशंका देखिएको तुरुन्तै प्रहरी प्रशासनाई खबर गरेमा कुनै किसीमको अपराधिक क्रियाकलाप नहुन बिश्वास ब्यक्त गर्नु भयो । एपसी घिमिरेले यही भदौ २० गते मानव बेचविखन तथा ओसार पसार विरुद्धको १८ औं राष्ट्रिय दिवश भव्यताका साथ मनाउन निर्णय भएको भन्दै योे अभियानमा साजिक हितका निमित्त सूचना एवं जिंगल प्रशारण गरिदिन समेत अनुरोध गर्नु भयो ।

Enter

error: Content is protected !!