समाजिक संजालमा छरिएको भ्रम गलत वडाध्यक्ष ः बिष्णु दास

सागर संगम ठाकुर रौतहट भदौ १८ गते

रौतहट ।। जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं।६ कर्कचका वडा अध्यक्ष बिष्णु दासले जन्मदर्ता प्रतिलिपीको बिषयलाई लियर आफु बारे समाजिक संजालमा आएको समाचार र स्टाटस प्रति गम्भीर ध्यानआर्कष्ण भएको बताएका छन । वडा अध्यक्ष दासले केहि राजनितिक दलले आफनो राजनितीक चरित्र हत्या गर्न समाजिक संजालमा बिभिन्न प्रकारका भ्रमहरु छरिएको बताउनु भयो । दासले एक जना स्थानिय संचारकर्मीले आफुबारे समाजिक संजालमा छरिएको गलत भ्रमलाई चिर्दै त्यसको सत्यतथ्य बारे सोमबार खुलाशा गरेका छन । वडा अध्यक्ष दासले केही दिन देखि संमाजिक संजालमा आफुबारे आईरहेको गलत भ्रामकपुर्ण स्टाटस बारे कुनै सत्यता नरहेको भन्दै त्यस्ता झुठा कपोकल्पीत र भ्रामकपुर्ण समाचारको पछाडी नलागन सम्पुर्ण वडाबासीहरु संग आग्रह गर्नु भयो । दासले समाजमा केही राजनितक दलका प्रतिनिधीले समाजिक संजाल मार्फत समाजमा हिंसा भडकाउन खोजेको भन्दै त्सको पहिचान गर्न जरुरी रहेको बताए । समाजमा केही दुईमुखे ब्यक्तीका कारणले गर्दा वडामा समाजिक सदभाव बिथोलिने प्रयास भईरहेको भन्दै त्यस्ता कार्य देखि सजक हुनुपर्ने बताए । समाज सेवाको नाममा केही ब्यक्तीले हाम्रो समाजमा शान्ति अमन चयन कायम गर्नुको निमित्त मान्छे जुधाउने कार्यमा लागि परेकोे समेत आरोप लगाउनु भयो । संचारकर्मी संग कुरा गर्दै वडा अध्यक्ष दासले आफनो वडा कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर बालकिशोर दासले आफुलाई कुनै जानकारी नै नदी स्थानिय खलिल मियाको छोरा नुर महम्दको छोरीलाई जन्मदर्ताको प्रतिलिपीमा उमेर बढाएको भन्दै त्यसमा आफनो कुनौ संम्लग्नता नरहेकाे बताउनु भयो । बालकिशोर दासले आफनो ब्यक्ती गत फाईदाको लागि २०६६ साल जेठ १ गते जन्मेका ति मोमिनाको उमेर २०६१ साल जेठ १ थपिएर प्रतिलिपी दिएको भन्दै त्यसलाई कार्यवाही गर्नको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा लिखित उजुरी समेत दिएको जानकारी दिनु भयो । कम्प्युटर अपरेटर वडाध्यक्षकै भाई हो भन्दै समाजिक संजालमा गरिएको प्रचार समेत गलत रहेको बताए । कम्प्युटर अपरेटर बालकिशोर पटिदार भएकै कारणले त्यसमा आफुलाई घसिटिएको आक्रोश पोखे । कम्प्युटर अपरेटर दासले गरेको ती गल्तीलाई कान्नु सम्वत कार्यवाही गर्न जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय गौरमा समेत उजुरी दिएको अध्यक्ष दासले जानकारी दिए । वडा अध्यक्ष दासले हाल आफनो वडा कार्यालयमा कार्यरत कर्मचारीमा वडा सचिव अनुठा महतो , कम्प्युटर अपरेटर बालकिशोर दास र कार्यालय सहयोगीको रुपमा दुर्गा कुमार दास कामकाज गरिरहेको रहेकोमा कम्प्युटर अपरेटर दासले ती किशोरी संग प्रेम-जालमा पार्दा उमेर बढाएको हुन सक्ने बताए ।

कम्प्युटर अपरेटर दासले निजको जन्मदर्ता २०६७ मंसिर १५ गतेमा जन्म मिती २०६६ जेठ ०१ गते जन्म दर्ता नं।७३ को जन्मदर्ता प्रमाण—पत्र पाएको र सो को प्रतिलिपी नं.१ मिती २०८० असोज १४ गतेमा मुल अभिलेख अनुसार औनलाईन जन्मदर्ताको प्रतिलिपीमा जन्म मिती २०६६ जेठ ०१ गते जन्मदर्ता नं.२०६६०२०१०३९९० नम्बरको निज कम्प्युटर अपरेटर दासले निज नुर महम्दलाई दिएकोमा निज कम्प्युटर अपरेटर दासले मिती २०८१ साउन ०२ गते वडा सचिवलाई कुनै जानकारी नदिई र निज सचिव र कार्यालय सहयोगीको अनुपस्थितीमा जन्मदर्ताको मुल अभिलेख कम्प्युटर अपरेटर दासले आफनो अनुकूल हुने गरि जन्म मिती केरमेट गरी जन्मदर्ता मुल अभिलेखमा जस्ताको त्यस्तै राखी जन्म मिति २०६१ जेठ ०१ गते उल्लेख गरी जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी २,३,४ मध्ये प्रतिलिपी नं. ४ निज कम्प्युटर अपरेटर दास र मोमिना दुवै जनाको मिलोमतमा कसैलाई जानकारी नदिई बिहे गर्ने मनसायले दुवै जना फरार भएको थियो ।

फरार कम्प्युटर अपरेटर दास र किशोरी खातुन दुवै जना सर्लाहीको मलंगवा छन भने थाहा पाएपछि वडा अध्यक्ष बिष्णु दासले सर्लाहीको सदरमुकाम मंलगवा पुगी प्रशासनकाे सहयोगमा पक्राउ गराएको थियो ।

पक्राउ परेका दुवै जनाको साथबाट जन्मदर्ताको प्रथम प्रतिलिपी नं.४ प्रशासनलाई देखाएको र प्रतिलिपी नं.२,३ निजहरुले राखेकोमा उक्त जन्मदर्ताको प्रथम प्रतिलिपी बाहेक २,३,४ नम्बरको प्रतिलिपी किर्ते जाल्साजी गरेको हुनाले प्रथम प्रतिलिपीलाई सदर गरी बांकी २,३ र ४ को प्रतिलिपी खारेज गरि यस्तो कार्य गर्ने कम्प्युटर अपरेटर बालकिशोर दासलाई नियामानुसार आश्यक कार्यवाही गर्न संम्बन्धी निकार्य संग जोडदार माग गर्नु भयो ।

Enter

error: Content is protected !!