कटहरियामा विग्रिएका टावर लाइट अझै मर्मत हुन सकेन

रबिन्द्र प्रजापति, भदौ २६ ग्ते रौतहट ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया गाउँमा जडान गरिएको टावर लाइट करिब ६ महिना देखि विग्रिएको छ।


कटहरिया गाउँको पानाला धर्मशालाको हाता भित्र र यादव टोलमा जडान गरिएको टावर लाइट विग्रेको भए पनि त्यसलाई मर्मत सम्भार गराउन जनप्रतिनिधिले कुनै ध्यान नदिएको स्थानीयहरुले गुनासो गरेका छन् ।


कार्यापालिका सदस्य सोनी देवीले लाखौं खर्च गरिएर जडान गरिएको टावर लाइट लामो समयदेखि मर्मत नहुँदा स्थानीय सडक अन्ध्यारोमय बनेको छ । टावर लाइटको बत्ती बल्न छाडे पछि सडक अन्ध्यारोमय बनेको स्थानिय दिनानाथ प्रसाद कलवारले जानकारी दिए ।


कलवारका अनुसार मर्मत सम्भारको अभावमा विग्रेको टावर लाइटको बत्ती नबलेपछि अध्यारोको रातीको समयमा सवारी दुर्घटनाको जोखिम समेत बढेको छ ।


आफ्नै घर अगाडि विग्रिएको टावर लाईटलाई मर्मत सम्भारका लागी कार्यपालिका सदस्यका श्रीमानलाई पटक पटक ताकेता गर्दा पनि कुनै अवस्था नलिएको स्थानीय नबिन कुमार यादवले बताए । कार्यपालिका सदस्यको घर भन्दा करिब ३० मिटरको दुरीमा पानलाल धर्माशाला छ । तर पनि कुनै वास्ता छौन ।


जिल्लाको विभिन्न ठाउँमा जडान गरिएको टावर लाइटहरु बिग्रेको भए पनि मर्मत गर्न जनप्रनिधिहरुले ध्यान नदिएको जनगुनासो छ । जनप्रतिनिधिहरुले पछिल्लो समय आ–आफना पालिका र क्षेत्रमा धमाधम टावर लाइट जडान गरेका छन् ।


टावर लाइट जडान गर्दा खर्च थोरै लाग्ने र त्यसबाट राम्रै फाइदा हुनेभएको हुँदा जिल्लाका स्थानीय तहहरुका जनप्रतिनिधि, प्रदेश एवं संघीय सांसदहरुले समेत निकै तामझामका साथ टावर लाइट उद्घाटन गरी सञ्चालन गरेको देखिन्छ।


जनप्रतिनिधिहरुले निकै उमंगका साथ तामझाम गरी टावर लाइट जडान गर्ने गरेको भए पनि उक्त टावर लाइटहरु विग्रे पछि उनीहरु मर्मत सम्भार गर्न कुनै ध्यान नदिने गरेको पाइएको छ।


सस्तो लोकप्रियता कमाउने उद्देश्यले जनप्रतिनिधिहरुले टावर लाइट सञ्चालन गर्ने गरेको भए पनि विग्रेपछि मर्मत सम्भार गर्न उनीहरु कुनै चासो नदेखाउने गरेको गुनासो बढेको छ ।


टावर लाईट मर्मतको विषयलाई लिएर कार्यपालिका सदस्यका श्रीमानलाई फोन गर्दा माफ गर्नु होला तपाईले डायल गर्नु भएको नम्बर अहिले उपल्बध हुन सकेन ।

error: Content is protected !!