तिन डीआईजीको सरुवा, मधेश प्रदेश प्रमुख यज्ञविनोद पोखरेल हेडक्वाटर तानिए

२६ भदौ, काठमाडौं । नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक डीआईजी० को सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार तीज डीआईजी यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बास्तोलाको सरुवा गरेको हो । शङ्कास्पद आर्थिक कारोबार देखिएका मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेललाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ ।

पोखरेलमाथि आन्तरिक प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । उनी एक वर्षे कार्यकाल पुरा नहुँदै तानिएका हुन् । त्यसैगरी डीआईजी लालमणि आचार्यलाई मधेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुर शिक्षालयमा भने प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको छ ।

error: Content is protected !!