पर्सामा चर्को आवाजमा डिजे स्पिकर प्रयोगमा रोक, गाउँपालिका अध्यक्षको आपत्ति

 पर्सा जिल्लामा स्थानीय प्रशासनले चर्को आवाजमा डिजे स्पिकर र लाउड स्पिकर प्रयोगमा रोक लगाउने निर्णय गरेको छ। यो निर्णयमा पर्साको संखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले कडा आपत्ति जनाएका छन्। उनले जनप्रतिनिधिहरूसँगको सहमति तथा पूर्वजानकारी बिना गरिएको यो निर्णय जिल्ला कार्यान्वयन हुन नसक्ने बताउँदै असन्तुष्टि व्यक्त गरे।

यादवले विशेषगरी मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा विगत लामो समयदेखि रातिको समयमा विवाहको जन्ती आउने, पार्टी तथा अन्य कार्यक्रमहरूमा डिजे र लाउड स्पिकर बज्ने प्रचलन रहेको बताएका छन्। उनले यस्तो व्यवहार नियन्त्रण गर्न राजनीतिक दल र जनप्रतिनिधिहरूको भूमिका आवश्यक रहेको र प्रशासनले समन्वय नगरेको आरोप लगाए।

यादवले डिजे र लाउड स्पिकरको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा पर्ने प्रत्यक्ष असरप्रति आफू पनि चिन्तित रहेको यात्रा डेलीलाई बताए, तर यसबारे स्थानीय प्रशासनले समन्वय गर्नुपर्ने उनको सुझाव छ।

गत भदौ २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकमा चर्को आवाजमा बज्ने डिजे, स्पिकर, लाउड स्पिकर र आतिशबाजीलाई नियन्त्रण गर्न निर्णय गरिएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, सुरक्षा समितिको निर्णय अनुसार नियमको उल्लङ्घन गर्नेहरूलाई कानूनी कारबाही गरिनेछ।

यो निर्णयसँगै, चाडपर्व, सांस्कृतिक कार्यक्रम, धार्मिक ¥याली तथा अन्य कार्यक्रममा हुने अत्यधिक चर्को आवाजको प्रयोगलाई नियन्त्रण गर्ने तयारी गरिएको छ।

error: Content is protected !!