रौतहटको कटहरिया म्यूजिकल एफ एम पाँचौं बर्षमा प्रवेश

रबिन्द्र प्रजापति, असोज १ गते । रौतहट ।
रौतहटको कटहरियाबाट संचालन भइरहेको रेडियो कटहरिया म्युजिकल एफ एम ९७.४ मेगाहर्ज मंगलबार देखि पाँचौं वर्षमा प्रवेश गरेको छ ।
२०७७ साल असोज १ गते विश्वकर्मा पूजाका दिन प्रशारण आरम्भ गरेको कटहरिया म्यूजिकल एफ एम मंगलबारबाट पाँचौं वर्षमा प्रवेश गरेको रेडियोका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए ।
रेडियोले प्रशारण आरम्भ गरेको चार वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार दिउसो तिन बजेको समयमा धुमधामसँग विश्वकर्मा बाबाको पूजा गरिएको छ ।
रेडियोले बिहान साढे ४ बजेदेखि राती ११ बजेसम्म निरन्तर प्रशारण हुदै आइरहेको छ । यस रेडियाबाट नेपाली, भोजपुरी, हिन्दी र मैथली, भषामा थरीथरीका गित संगितहरु प्रशारण हुदै आईरहेको छ ।
एफ एमले बिहान र बेलुकी सात बजे स्थानिय भाषामा बज्जिका खबर डायरी, बिहान नौ बजे नेपाल खबर, बिहान सवा नौ बजे कार्यक्रम भोजपुरिया झटका, दुईसो १२ बजे नेपाल खबर ३ बजे नपाल खबर, बेलुकी ६ बजे नेपाल दर्पण, साढे सात बजे सीआईएन, राती आठ बजे थाहा खबर, पौने नौ बजे बिबिसि प्रशारण गरिदै आएको छ ।
कटहरिया म्युजिकल एफ एमले आफना श्रोता समक्क्ष सत्य तथ्य र बिश्वश्निय समाचार प्रशारण गरिने प्रति पुणःप्रतिबध रहेको एफ एमका प्रबन्ध निर्दिशक प्रकाश श्रेष्ठले बताउनु भयो ।
रेडियो आउने दिन अझ श्रोताहरुको मनमस्तिकमा बस्न सफलहोस भने यसको उत्तरोतर प्रगतिको लागि एफ एमका संचालक एवं मधेश प्रदेशका अर्थ मन्त्री सुनिल यादव उर्फ जितेन्द्र कामना गर्नु भयो ।
बिश्वकर्मा पुजा र चौथो बर्ष पार गरि पाँचौं बर्षमा प्रबेश गरेको कटहरिया म्यूजिकल एफएममा धुमधामका साथ विधिवत रुपमा पूजा आजा गरिएको छ ।

error: Content is protected !!