रौतहटमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

रबिन्द्र प्रजापति, असोज ०३ । रौतहट । राैतहटमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको कटहरिया बजार देखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा मोटरसाइकलबाट दुर्घटना हुँदा कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरीया बस्ने सिकदेव पासवानको छोरा अन्दाजि २५ वर्षिय रामजनम पासवानको मृत्यु भएको छ । मृतक पासवानले आफ्नो दिदी घर बाराको सिसवा सोनाहा जादै थियो । कटहरिया गम्हरी सडक खण्ड स्थित लालबकैया पुल पारी मधेश प्रदेश ०३-०२८प ૪९૪१ नम्बरको अपाचे मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
मृत्यु पासवानलाई पोस्टमार्टमको लागी गौर पठाइएको समाचार श्रोतले जनाएको छ । ज्य‍ान गुमाएको पासवानको विहे भइसकेको छ भने करिब १ वर्षको छोरा समेत रहेको छ ।

error: Content is protected !!