रौतहटमा छुटाछुटै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

रबिन्द्र प्रजापति, असोज ०४ गते रौतहट ।
रौतहटमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । विहीबार जिल्लाको कटहरिया र गरुडामा सवारी दुर्घटना भएको छ ।

जिल्लाको कटहरिया बजार देखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरीया बस्ने सिकदेव पासवानको छोरा अन्दाजि २५ वर्षिय रामजन्म पासवानको मृत्यु भएको छ ।

मृतक पासवानले आफ्नो दिदी घर बाराको सिसवा सोनाहा जादै थियो । सोही क्रममा दुर्घटना भएको छ ।


कटहरिया गम्हरी सडक खण्ड स्थित लालबकैया पुल पारी मधेश प्रदेश ०३-०२८प ४९४१ नम्बरको अपाचे मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

मृत्यु पासवानलाई पोस्टमार्टमको लागी गौर पठाइएको समाचार श्रोतले जनाएको छ । ज्यान गुमाएको पासवानको विहे भइसकेको छ भने करिब १ वर्षको छोरा समेत रहेको छ ।


त्यस्तै जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाको वडा नं.४ चन्द्रपुर गौर सडक खण्डमा स्थित गरुडामा मयुरीले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।


मृत्यु हुनेमा गढिमाई नगरपालिका निवासि तथा हाल गरुडा नगरपालिका वडा नम्बर ४ गरुडामा बसोबास गर्ने राम साह रौनियार रहेको प्रहरीले जानकारी दिनु भयो ।


मयुरीले ठक्कर दिएपछि स्थानियहरुले उपचारको लागी गरुडा स्थित हेल्थ ल्याण्ड हस्पिटल लगिएको थियो ।


तर अवस्था गम्भिर रहेकोले समान्य उपचार पश्चात थप उपचारको लागी बिरंगज रेफर गरिएकोमा बाटोमै रौनियारको ज्यान गएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।


ठक्कर दिने म.प्र.०३९००१ ह ३४१४ नम्बरको मयुरी र चालकलाई प्रहरीले नियन्त्रणमा लिईएको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

error: Content is protected !!