आम दलित मोर्चाले आन्दोलन विना दलित आवास निर्माण हुन नसक्ने निष्कर्ष

आम जनता पार्टीको भातृ संगठन आम दलित मोर्चाले आन्दोलन विना दलित आवास निर्माण हुन नसक्ने निष्कर्ष निकालेका छन् ।रौतहटको चन्द्रनिगाहपुरमा सोमवार आम दलित मोर्चाको मधेश प्रदेश कमिटीको बसेको बैठकले दलितहरुको घर निर्माणका लागि संघर्ष गर्ने निर्णय गरेका हुन् ।
आम दलित मोर्चाको केन्द्रिय अध्यक्ष ठगा दासको उपस्थितिमा बसेको उक्त बैठकमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, महासचिव त्रिभुवन साह, मधेशप्रदेश अध्यक्ष उमेश कुशवाहा लगायतका नेताहरुको उपस्थिति रहेको जनाइएको छ ।

error: Content is protected !!