मेयर प्रेमलाल साहको कारणले देवाही गोनाही नगरपालिकालाई लखौंको क्षति

सागर संगम ठाकुर, रौतहट, ‘असोज ९ गते,।
रौतहटको देवाही गोनाही नगरपालिकमा प्र.अ. सरुवा विवादमा विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि उग्ररूप लिदै ३ प्रहरी सहित विद्यार्थी पनि घायल भएका छन ।
नगरपालिकाको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई सरुवा गर्न लागेको विरोधमा विद्यालयका विद्यार्थीहरुले मंगलवार नगरपालिका कार्यालय अगाडी टायर बालेर चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका थिए ।
आन्दोलनल उग्ररूप लिदै विद्यार्थीहरुले कार्यालय भवनमा तोडफोड समेत गरेका छन ।
विद्यार्थीहरुले ढुङ्गा प्रहार गरि पालिका कार्यालयको सम्पुर्ण झ्यालको सिसा पुर्ण रूपमा फुटाइदिएका छन ।
विद्यार्थीहरुले प्रहार गरेका ढुङ्गामुढाबाट पालिका कार्यालयका साथै पार्किङ गरि राखिएको डोजर र एम्बुलेन्समा समेत क्षती पु¥याएका छन ।
देवाही गोनाहीका मेयर प्रेमलाल साहले आफ्नो मनोमानी ढंगले प्रधानाध्यापकको सरुवा गर्न लागेको भन्दै आक्रोशित विद्यार्थीहरुले प्र.अ. गुप्ताको सरुवा फिर्ता गर्न माग राख्दै कार्यालयमा ढुङ्गामुढा गरेका थिए ।
आन्दोलनमा उत्रेका विद्यार्थीहरुको भिड़लाई नियन्त्रण गर्न खटेका प्रहरी टोलीका ३ जना प्रहरी जवान सहित केहि विद्यार्थीहरु पनि घाइते भएका छन ।
नगर प्रमुख साहले प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई नगरपालिकाको सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न खोजेको भन्दै उक्त सरुवा रोक्नुपर्ने माग गर्दै जय किसान माध्यमिक विद्यालय धरहरिका विद्यार्थीहरुले नगरपालिका कार्यालय अगाडि टाएर बालेर प्रदर्शन गरेका छन ।
विद्यालयको शिक्षा सुधारमा उल्लेखनीय योगदान गरेका प्रधानाध्यापक गुप्ता विद्यालयमा आएदेखी नै पढाईको अवस्थामा व्यापक सुधार गरेपछी मेयर साहले रकमी चलखेल गरि गुप्तालाई सरुवा गर्न खोज्दा आफुहरु प्रदर्शन गरि पालिकामा तोडफोड गरेको विद्यार्थीहरुले बताएका छन ।
मेयर साहले राम्रा शिक्षकलाई अन्यत्र सरुवा गरि विद्यालयमा राजनितिकरण गर्न खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन ।
मेयर साहले आर्थिक चलखेलको आधारमा प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरुले निकै आक्रोशीत हुँदै मेयर साहका विरुद्ध चर्को नाराबाजी गरेका थिए ।
पालिकाले अनाधिकृत रूपमा प्रधानाध्यापक गुप्तालाई गर्न लागेकाले तुरुन्त सरुवा रोक्नुपर्ने माग राख्दै सयौंको संख्यामा नगरपालिका अगाडि जम्मा भएका विद्यार्थीहरु करिव तीन घण्टा लगातार उग्र प्रदर्शन गरेका थिए ।
मेयर प्रमेलाल साहको हठको कारण नगरपालिकालाई लाखौंको क्षति भएको छ ।
मेयर साहले पैसाको चलखेल गरी श्री जय किसान माध्यमिक बिद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई सरुवा गर्न खोज्दा सो बिधालयमा अध्ययनरत बिधार्थीहरु प्रअ गुप्ताको सरुवा बदर गर्नु पर्ने माग राख्दै बिरोध प्रर्दशन गरेका थिए ।
कमिसन र भ्रटचारमा लिप्त मेयर प्रेमलाल साहले श्री जय किसान माध्यमिक बिद्यालयको खाताबाट ३५ लाख रुपैया झिकेर गोप्य हिसाबले आफुलाई दिनुपर्ने भनेका थिए ।
तर प्रअ गुप्ता त्यो पैसा स्कुलको हो भन्दै मदिदैन्न भनेर जवाफ र्फकाए पछि राजनितिक प्रतिसोध साधी प्रअ गुप्तालाई अन्यन्त्र सरुवा गर्न खोजिदा बिधार्थीहरु आक्रोसित भएका छन ।
कमिसन लिने नगर प्रमुख साहको यो नयाँ नाटक होईनन् सधै यसरी नै गर्ने गर्छ ।
साहले पालिका भित्रका कार्यलय सहयोगी लियर शिक्षक स्वास्थ्यकर्मी र शाखाका प्रमुखहरुलाई सरुवा गर्ने डरत्रास देखाई अबैध रकम असुलि गरेकाहा नाम नखोल्ने सर्तमा एकजना कर्मचारीले पत्रकारलाई भन्नु भयो ।
ति कर्मचारीका अनुसार मेयर साहको यस्तो रवैयले गर्दा नगरपलिका भित्र कार्यरत कर्मचारीहरु आजित भएका छन ।
गाउँघरमा एउटा उख्खान छ कि स्वासनी कुटेर छोरी र्तसाउने मेयर प्रमेलाल साहको बानीनै हो ।
वहाँले कर्मचारीहरुलाई यसरी नै र्तसायर पैसा लिने र्गछन ति कर्मचारीले बताए ।
त्यस्तै एकजना जनप्रतिनिधीले मेयर प्रेमलाल साह कमिसन र भ्रष्टचारमा लिप्त भएपछि नगरको बिकाश निर्माणकाहरु प्रभावित भएको छ ।
साहले नगरको बिकाश छोडेर आफनो ब्यक्तीगत बिकाशमा बढी ध्यानदिन थालेको उनको भनाई छ ।
मेयर प्रेमलाल साहले प्रअ संजय प्रसाद गुप्तालाई सरुवा गर्न बल नपुग्दा जातीबाद र पार्टीबादको नारा लगाएर जनतालाई जुधाउने दाउँमा लागेको धरहरीका स्थानिय उपेन्द्र साहले भने ।
साहको आफनो फाईदा नहुदा धरहरीमा अरु जातीलाई उचालन पटक पटक बैठक बसाएको उनले आरोप लगाएको छ ।
मेयर साहले प्रअ सरुवा गर्ने बिषयलाई लियर गाँउमा महौल बिगारेपछि धरहरीमै मुडभेड हुने अवस्था सिर्जना भएपछि अप्राधिक गतिबिधी गर्ने समुलाई राखी घर भित्रै होटेल संचालन गरेको उनले भने ।
कर्मचारी र उपभोक्तालाई र्तसायर लिएको कमिसनको पैसा संग तिन तले भवन नेपाली नम्बर पलेटको स्र्कापियो र दुई बिगहा जग्गा खरिद गरि आफन्तको नाममा दर्ता गराएको उनले भने ।
साथै विद्यार्थीहरुको आन्दोलनले देवाही गोनाहीको अवस्था निकै तनावग्रस्त बनेको थियो ।
यसअघि श्री जय किसान माबिका प्रधानाध्यापक सञ्जय साहको सरुवाको निर्णय नहुँदै वडा अध्यक्ष बीरबहादुर साह ,व्यवस्थापन समितिका अध्यक्ष,लगायतका मानिसले दुईदिन अघी सरुवा बदर गर्न भन्दै नगरपालिका र जिल्ला शिक्षा समन्वय ईकाई कार्यालय गौरमा ज्ञापन पत्र बुझाएको थियो।
प्रधानाध्यापक साहले जय किसान नमुना माध्यमिक बिद्यालयमा राम्रो संग पठन पाठन गराई रहँदा ब्यक्तीगत फाईदाको लागि मेयर कानुले सरुवा गरेको ज्ञापन पत्रमा भनिएको छ।

error: Content is protected !!