वागमती खोलामा डुबेर वेपत्ता भएका किशोरको शव फेला

रौतहट, ८ असोज ।

वागमती नदीमा डुबेर वेपत्ता भएका किशोरको शव मंगलवार विहान फेला परेको छ ।
माधवनारायण नगरपालिका वडा नम्वर ८ पिपरा राजवाडाका राजेन्द्र साहनीको १८ बर्षिय छोरा श्यामलाल सहनी जितिया पर्वको अवसरमा साथीहरु संग वागमती नदिमा नुहाउने क्रममा सोमवार डुबेर वपत्ता भएका थिए ।

वेपता भएका किशोर सहनीलाई हिजो सशस्त्र प्रहरी र नेपाल प्रहरीले निकै खोजतलास गरिएपनि भेटिएनन् । आज विहान ६ बजेको समयमा डुबेको स्थान भन्दा करिव डेढ किलोमिटर दक्षिण गढो गाउँ नजिक फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएको छ ।

सशस्त्र प्रहरीको भलोहिया बेसबाट परिचालन गरिएका सशस्त्र प्रहरीले आज विहान शवलाई फेला पार्न सफल भएको जानकारी दिदै सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले फेला परेको युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएर नेपाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।

error: Content is protected !!