अविरल वर्षाले रौतहटका नदीहरूमा पानीको सतह बढ्दै ,सतर्क रहन आग्रह

सागर संगम ठाकुर रौतहट असोज १२ गते

अबिरल वर्षासँगै रौतहट स्थित नदी खोलामा पानीको सतह बढ्दै गएको छ। पूर्वमा रहेको बागमती चाँदी झाँझ लगायत नदिखोलामा पानीको सतह बढेको छ।
त्यस्तै पश्चिममा रहेको लालबकैया, धनसार लगायत नदिखोलामा पानीको सतह बढ्दै गएको देखिएको कटहरिया नगरपालिका,४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।
अविरल बर्षा अझै केही समय रहने भएकाले बागमती , लालबकैया लगायत नदी खोलामा ठूलो बाढी आउने जोखिम रहेको छ।
नदी किनारका बासिन्दाहरू अचानक आउने बाढीको जोखिम बाट सचेत रहन आवश्यक रहेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
खास गरेर नदी किनारका बासिन्दाहरु हालको अवस्थामा पशुचौपाया संगै ससाना बालबालिकाको निगरानी गर्नुपर्ने आवश्यक रहेको सशस्त्र प्रहरीले जनाएको छ।

error: Content is protected !!