बर्षाले रौतहटका ग्रामीण सडक सुनसान, ज्यालादारीमा कामगर्ने कामदारहरुलाई समस्या

सागर संगम ठाकुर रौतहट असोज १२ गते

बिहिबार राती देखिको अविरल बर्षाका कारण रौतहट सहित तराईका ग्रामीण भेगको जनजीवनमा असर परेको छ ।
निरन्तरको बर्षाले दैनिक ज्यालादारी गरी घरपरिवार पाल्नेहरुलाई कष्टकर भएको छ ।
ज्यालादारीबाटै जीवन निर्बाह गर्दै आईरहेकाहरुलाई अविरल बर्षाको कारण घरबाट बहिर निस्किन सकेका छैनन् ।
अहिले छोटो समयमा पाक्ने धान काट्ने समय रहेकोले बर्षाले धान काट्न समस्या भएको रौतहटको कटहरिया नगरपालिका वडा नं. ५ का दैनिक ज्यालादारी काम गर्दै आएका किसानले कटहरिया म्युजिकल एफएमलाई बताउछन् ।
ति किसानले दैनिक ज्यालादारीबाटै ७ जनाको परिवार पाल्दै आएको बताएका छन् ।
त्यसैगरी अविरल बर्षाको कारण बिहानैदेखि सडक सुनसान देखिएको छ ।
सुनसान देखिएकै कारण ग्रामीण भेगको मुख्य बजारहरु सुनसान देखिएको हो ।
बर्षाको कारण मानिसहरु घरबाट बाहिर ननिस्किदा कटहरिया बजार, गरुडा मौलापुर लगायतका बजारहरु सुनसान देखिएको हो ।
अबिरल बर्षाको कारण बिहानैदेखि मान्छेहरुको चहलपहल नहुदा कटहरियाको बजारमा रहेका दोकानमा समान बिक्री नभएको ब्यपारीहरु बताए छन ।
केही दिनदेखिको उखरमाउलो गर्मी पानी परेपछि भने राहत मिलेको कटहरिया नगरपालिका वडा न ५ का दिनानाथ साहले बताउँछन् ।

error: Content is protected !!