प्रदेशका अर्थमन्त्री जितेन्द्र द्वारा रौतहटमा बाढी प्रभावित क्षेत्र निरीक्षण

सागर संगम ठाकुर रौतहट असोज १५ गते
मधेश प्रदेशका अर्थ मन्त्री सुनिल कुमार यादव ( जितेन्द्र) ले सोमवार गृह जिल्ला रौतहट स्थित बिभिन्न स्थानको बाढी प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गरेका छन्।
अर्थ मन्त्री जितेन्द्रले अबिरल बर्षा र लालबकैया नदीमा आएको बाढीले अति प्रभावित स्थानिय कटहरीया नगरपालिकाको वडा १ र ४ तथा गृह नगर फतुवा बिजयपुर नगरपालिकाको विभिन्न स्थानको स्थलगत निरीक्षण गरेका हुन्।

बाढीको कारण क्षतिग्रस्त नदीको तटबन्ध र क्षतिग्रस्त बालीनालीको निरीक्षण गरेको अनुगमन टोलीमा सहभागी नेपाली कांग्रेस क्षेत्र ३ का सभापती सर्फलाल गुप्ताले बताएका छन्।
अनुगमन पछि स्थानिय संग कुराकानी गर्दै मन्त्री यादवले अबिरल वर्षासँगै आएको बाढीले फुटेको तटबन्ध अविलम्ब मर्मत गराउन र पीडित किसानहरूलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने बताएका थिए।
गत बिहिबार देखि परेको अबिरल वर्षासँगै सनिवार लालबकैया नदीमा आएको बाढीले कटहरिया ४ हर्साहा गाँउ र झौवा गाउँ बीच झण्डै ५० मीटर नदीको तटबन्ध कटान, हर्साहा गाउँ छेउको बाँधमा क्षती हुनुका साथै सो क्षेत्रको सैयौ विगाहा धानबाली र उँखु बालीमा क्षति पुगेको थियो।

निरिक्षण कार्यक्रममा कटहरिया नगरपालिका–५ का वडा अध्यक्ष एवं नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सर्फलाल गुप्ता,नगर सभापति शम्भुकान्त यादव,वाल्मीकि यादव,वडा अध्यक्ष प्रत्यासी हरेन्द्र यादव,जनता माबिका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादव,कटहरिया म्युजिकल एफएमका प्रवन्ध निर्देशक प्रकाश श्रेष्ठको सहभागितारहेको थियो ।

error: Content is protected !!