कटहरिया नगरपालिकामा जनता संग जनप्रतिनिधि कार्यक्रम शुरु

सागर संगम ठाकुर रौतहट असोज १५ गते

रौतहटको कटहरिया नगरपालिकामा जनता संग जनप्रतिनिधि कार्यक्रम शुरु भएको छ ।
नेपालीहरुको महान चाड बिजय दशमी शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा कटहरिया नगरपालिका द्रारा आयोजित कार्यक्रम वडा नम्बर ८ पिप्रा पोखरियामा संम्पन भएको हो ।
वडा अध्यक्ष शमिस बिक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई नगर प्रमुख अजय प्रकाश जयसवालले उदघाटन गर्नु भएको थियो ।


शुभकामना अदानप्रदान कार्यक्रममा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु कार्यपालिका सदस्य मनोज जयसवाल,जामुन ठाकुर र स्थानीय भद्रभलादमीहरुको समेत उपस्थिति रहेको थियो ।

error: Content is protected !!