आज देखि तीन दिन सम्म राष्ट्रिय शोक

रौतहट, १५ असोज । बाढी, डुबान र पहिरोमा परेर धनजनको क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै आज मंगलवार देखि तीन दिवशिय राष्ट्रिय शोक घोषणा गरेको छ ।
हिजो सोमबार प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मंगलबार देखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएको हो ।
राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइने छ तर सार्वजनिक बिदा हुने छैन । प्रधानमन्त्री ओली सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएका थिए ।
उनी आइपुगे लगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।

error: Content is protected !!