सर्लाही मा ३५ टन प्याज सहित भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

सर्लाही, १५ असोज । सर्लाही सदरमुकाम मलंगवाको गोरखकाली सडक खण्डबाट लाखौं मूल्य बराबरको प्याज लोड भएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मलंगवा नगरपालिका वडा नम्वर ८ गोरखकाली स्थित सडकमा भारतबाट नेपाल आएका जेएच ०२ बिएम २९८१ नम्वरको १६ चक्के ट्रकमा ३५ टन प्याज रहेको भएपनि नेपाल प्रवेश गर्न विल विजक र प्रज्ञापन पत्र साथमा नभएको हुँदा उक्त ट्रकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

३५ टन प्याजको मूल्य करिव २८ लाख र ट्रकको मूल्य ६० लाख गरी ८८ लाख मूल्य बराबरको प्याज र ट्रकलाई आवयक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

error: Content is protected !!