दशैंको रौनकता रौतहटमा, कलश यात्रा निकालियो

रबिन्द्र प्रजापति, असोज १७ गते रौतहट ।
हिन्दु नेपालीहरुको महान चाड् बडादशैं विहीवारदेखी शुरु भएको छ । रौतहटमा प्रत्येक वर्ष हर्षोउल्लासका पूजाआराधना गरी दुर्गा पुजा मनाउने गरिन्छ ।


जिल्लाको सबै शक्तिपिठहरुमा दुर्गा पूजाको लागि पण्डाल निर्माण गरी भव्य तयारी गरिएको देखिएको छ । प्रत्येक वर्ष झै यसवर्ष पनि दुर्गा पूजाका लागि जिल्लाको विभिन्न ठाउँमा रहेको दुर्गा भवगतीको मन्दिरलाई विशेष रुपमा सजाइएको छ ।
दुर्गा पूजा हुने गौर, गरुडा, शिवनगर, कटहरिया, चपुर, बंकुल लगाएतका अन्य ठाउँमा रहेको दुर्गा मन्दिर अर्थात शक्तिपिठहरु दुल्ही झैँ सिँगारिएको छ ।
यी शक्तिपिठहरुमा दशैंको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित ठुलो मेला समेत लाग्ने गरेको छ ।


दशैंको पहिलो दिन विहीबार घटस्थापना भएकोले दुर्गा पूजा हुने जिल्लाको सबै दुर्गा मन्दिरहरुमा विहीबार हजारौ हजार कन्या कुमारीद्धारा कलश सोभा यात्रा निकालिएको थियो ।
दशैं शुरु भएसँगै विभिन्न सरसामान किन्न शहर बजारहरुमा सर्वसाधारणहरुको चहलपहल समेत बढ्न थालेको देखिएको छ ।
दसैँको पहिलो दिनदेखि नै सबै मन्दिरहरुमा पूजापाठ गर्नका लागि श्रद्धालु भक्तजनहरुको भिड लाग्न थालेको छ । जिल्लाका शक्तिपिठहरुमा पूजापाठ गर्नका लागि विहीबार विहानै देखी भक्तजनहरुको घुइचो लागेको छ ।


यसैविच नेपालीहरूको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ । पहिल दिन आज घरघरमा घटस्थापना मनाइँदैछ ।
१० दिनसम्म मनाइने दशैको अवसरमा आज रौतहटको कटहरिया, गरुडा सहित विभिन्न स्थानको शक्ती पिठमा दर्शनार्थीहरुले घटस्थापन गरिदैं छ ।


दुर्गा मन्दिरबाट निकालिएको कलश नजदिकको लालबकैया झाँझ नदी सहित पोखरी तलावमा पुगी जल बोझी शक्ती पिठमा राखि घटस्थापना मनाइँदैछ ।


गरुडामा झाँझ नदीबाट जल बोझी गरिएको छ । भने कटहरियामा लालबकैया नदीबाट जल बोझी गरिएको छ ।
कलश यात्रा भनेको शक्ति स्वरूपा देवी दुर्गालाई आह्वान गर्न आयोजित गरिने धार्मिक यात्रा हो ।


यस यात्रामा श्रद्धालुहरूले पवित्र जल, आमका पात, दूर्वा घाँस, फूल र नरिवल सहितको कलश बोकेर मन्दिर वा पूजा स्थलमा लैजान्छन् ।


कलशलाई देवी दुर्गाको प्रतीक मानिन्छ, र यसले समृद्धि, शान्ति, र शुभताको सन्देश दिन्छ । कलशमा रहेको पवित्र जललाई जीवनको स्रोत मानिन्छ, जसले जीवनको निरन्तरता र उन्नतिलाई दर्साउँछ ।


दशैँमा देवीदेवताको नाममा घर घरमा खसीबोका, कुखुरा, हाँस परेवाजस्ता पशुपक्षीको बलि दिने चलन रहेको छ ।
यसैविच नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकता बढ्दै गएको छ ।


निकै हर्ष, उल्लास ,उत्साह र महत्वका साथ दशैं पर्व मनाउने गरिन्छ । मधेस प्रदेशको भोजपुरी क्षेत्रको स्थानीय भोजपुरी भाषामा यसलाई नवरात्री अथवा दशहरा पनि भनि

error: Content is protected !!