कटहरियाको दुर्गा मेलामा केही यूवकको आक्रमणले एक जना घाईते

रबिन्द्र प्रजापति, असोज २६ गते । रौतहट ।
रौतहटको कटहरियामा लागेको दुर्गा मेलामा केही यूवकले एक जनालाई कुटपिट गरि घाईते बनाएको छ । नाम ठेगाना नखुलेको केही अज्ञात यूवकहरुले शुक्रबार राती मेला घुम्न आएको एक जनालाई ह्यन्ड फाइटरबाट कुटपिट गरी घाईते बनाएको छ । घाईते हुनेमा कटहरिया नगरपालिका वडा नम्बर ५ बस्ने रामलाल साह सोनारको छोरा अं. वर्ष २૪ को मेघराज साह सोनार रहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माले बताउनु भयो । आफुमाथी कुटपिट गर्ने यूवकहरु कटहरिया नगरपालिका वडा नम्बर ૪ बहादुरपुरको रहेको घाइते सोनारले बताए । उनीहरु करिब १० जनाको समुहमा आएर आफुमाथी एकासी बिच मेलामै आक्रमण गरेको घाईते सोनारले बताए। उनीहरुले सोनारको आखी भौं माथी र टाउँकोमाथी ह्यण्ड फाइटरबाट आक्रमण गरेको छ । घाईते सोनारलाई कटहरिया स्थित चांसी क्लिनिकमा उपचार गराइएको छ । घाईते सोनारले आफ्नो श्रीमतीलाई दुर्गा पूजाको मेला लिएर गएको बेला उनीहरु बिच विवाद भएको थियो । हमला गर्ने यूवकहरुले घाईते सोनारको श्रीमतीलाई धक्का दिदा श्रीमान सोनारले किन धक्का दिएको महिलाहरु छ हेरेर हिड्नु भने पछि उनीहरु बिच भानाभान भएको थियो । पछि सोनारले आफ्ने श्रीमतीलाई घरमा पुगाई फेरी मेलामा गएको बेला उनीहरुले एकासी आएर ह्यण्ड फाईटरले हानेर घाईते बनाएको मेघराज सोनारले बताए । मन्दिरमा दर्शन गर्न र मेला रौनक हेर्न आउने महिला सहित चेलीबेटीहरुलाई मदिरा र गांजामा मातेको यूवकहरु धक्कामुकी गर्छ । मदिरा र गाँजामा मातेको यूवकहरुका कारण मेलामा महिलाहरुलाई घुमफिर मेलाको रौनक हेर्न र मन्दिरमा दर्शन गर्न निकै कठिनाई भएको छ । कटहरियामा लागेको दुर्गा मेलामा अपराधीहरुको संख्य‍मा वृद्धि भएको देखिएको छ । यूवकहरुले कटहरियामा लागेको दुर्गा मेलामा रातीको समयमा झडप गर्ने योजनामा हिड्दै गरेको छ । घटनाको विषयमा अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई शिवशंकर शर्माले जनाउनु भयो ।

error: Content is protected !!