रौतहटबाट नक्कली नेपाली नोट सहीत यादव पक्राउ 

रौतहट २८ असोज।

रौतहट स्थित एउटा चोरीको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चोरको साथबाट नेपाली नक्कली १ हजार दरको नोट फेला परेको छ। चोरीको अभियोगमा पक्राउ परेका परोहा नगरपालिका वडा २ जिङगडवा टोल बस्ने बिरेन्द्र प्रसाद यादवको छोरा वर्ष १९ को अभिषेक कुमार यादवको साथबाट नेपाली नक्कली नोट बरामद भएको हो।

हिजो २७ गते आइतबार राती अढाई बजेको समयमा  परोहा  ४ हवारी चोक स्थित स्थानिय इशराइल मियाँले संचालन गरेको किराना पसलमा चोरी भएको थियो।

 पक्राउ परेका अभिषेक यादव लगायत ३ जनाले चोरी गरेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको  टोलीले आरोपी यादवलाई आफ्नो नियन्त्रणमा लिएको थियो भने अन्य दुई जना  फरार भएको थियो।

पक्राउ परेका अभिषेकको शरिर खानतलासी गर्दा २ थान हजारको नक्कली रूपैया  फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

 निज  माथि चोरी तथा खोटा चलन सम्बन्धी कसूर मुद्दामा अनुसन्धान  भई रहेको, फरार २ जना व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले सूचनामा उल्लेख गरिएको छ।

error: Content is protected !!