नेपाल र भारतका पहलवानहरूको सहभागितामा रौतहटको कटहरिया मेलामा कुश्ती प्रतियोगिता सम्पन्न

सागर संगम ठाकुर रौतहट असोज २८ गते
रौतहट जिल्लाको कटहरियामा आयोजना गरिको कुश्ती प्रतियोगिता संम्पन भएको छ ।
नव दुर्गा पुजाका मेला समितीले आईतबार देखि कटहरिया स्थित रहेको जनता माबिको अगाडी मुख्य सडको किनारमा आयोजना गरिएको कुश्ती प्रतियोगितामा नेपाल तथा भारतका चर्चित पहलवानहरुको उपस्थिती रहेको थियो ।
हिजो एक कार्यक्रमका बिच कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले मेला उदघाटन गरेपछि पहलवानी शुरु भएको थियो।
दुर्गा पूजाको अवसरमा कटहरिया बजारमा आयोजित २ दिने कुस्ती दंगल पहालावानी आज संम्पन भएको मेला समितीले जानकारी दिनु भयो ।
हिजो आईतवार पहिलो दिनको खेलमा भारतको राजधानी दिल्लीमा पहलवान ओम कार, पंजाबका सोनु, बिक्की, मुन्ना टाईगर, मेरठका गुल्ला, भिल्ला, मुजफरनगरका टाईगर, कानपुरमा रबी, महाराष्ट्रका शिवम मिश्रा, त्यसैगरी नेपालका लक्की थापा, नेपाल प्रहरीका त्रीलोकी यादव लगायत ४० जना पहलवानले कुस्ती खेलमा सहभागि भएका थिए ।
पहिलो दिनको खेलमा नेपाल क्लबका गोल्ड मेडलिस्ट पहलवान त्रीलोकी यादवले राम्रो प्रदर्शन गरेको थिए।
यादवले दिल्लीका नामुद पहलवान ओमकार लाई केही समयभित्रै पछारेका थिए।
पहलवानिको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। कुस्ती पहलवान हेर्न कटहरियामा हजारौँ मानिसको उपस्थिति देखिएको थियो।
प्रतियोगिता हेर्न रौतहटको मौलापुर,सन्तपुर,पेटर्भावा,फतुवा,कर्कच,टिकुलिया,
प्रेमपुर गोनाही उचिडिह, बलुवा, डुमरिया, पोखरिया, भषेडवा,झौवा, हथियाही,बिर्ती,बडेरवा,लगाएतका स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

error: Content is protected !!