माधव नेपाल बेइमान र धोकेबाज नेता रहेको कृष्ण यादवको आरोप

ओमप्रकाश यादव रौतहट असोज २९ गते
नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल बेइमान र धोकेबाज रहेको आरोप लगाएका छन्।
रौतहटको माधवनारायण नगरपालीका–४ मानपुर विसुनपूर्वामा आज नेपाली कांग्रेसद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सभापति यादवले यस्तो बताएका हुन् ।
रौतहट निर्वाचन क्षेत्र नं १ (ख) का प्रदेश सांसद एवं मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका प्रदेश सभापति कृष्ण यादवले पूर्व प्रधानमन्त्री माधव नेपालले मधेश प्रदेश सरकार बनाउने बेलामा कांग्रेस संग विश्वासघात गरेको आरोप लगाएका हुन् ।
दुवै पार्टी बीच गठबंधन भएको समय २०७९ को निर्वाचनमा आफूहरुले इमान्दारी पूर्वक मत दिएर माधव नेपाललाई रौतहट क्षेत्र नं १ बाट निर्वाचित गराएपनि नेपालले आफूहरुको ती सबै योगदान र गुण बिर्सिदिएको उनले बताए ।
मधेश प्रदेश सरकारको नेतृत्व गर्ने अर्थात मुख्यमन्त्री बन्ने अवसर आफूलाई दुई पटक आएको तर माधव नेपालले सहयोग नगर्दा आफू दुई दुई पटक मधेश सरकारको नेतृत्व गर्न पाउने अवसरबाट वञ्चित भएको सभापति यादवले बताए ।
कांग्रेसले मधेश प्रदेश सरकारको नेतृत्व गर्न दुई पटक राम्रो अवसर पाएपनि माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले कांग्रेसलाई सहयोग गर्नुको सट्टा विपक्षी दललाई सहयोग गरी कांग्रेस संग ठूलो गद्दारी गरेको नेता यादवले बताए ।
कांग्रेससंग गरेको गद्दारिको परिणाम साताभन्दा बाहिर रहेर अहिले माधव नेपालले भोगिरहेको उनले टीप्पनी गरे ।
कांग्रेससंग गरेको गद्दारीको मूल्य माधव नेपालले एकदिन चुकाउनु पर्ने समेत उनले चेतावनी दिए ।
सभापति यादवले आफू मधेश सरकारको नेतृत्व गर्ने अवसर पाए कृषि, स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन गर्ने समेत उद्घोष गरे ।
विगत ७ वर्षदेखि मधेश सरकारको नेतृत्व गर्दै आएको मधेशवादी दलले भ्रष्टाचार र कार्यकर्ता पाल्ने बाहेक अरु केही गर्न नसकेको आरोप लगाउँदै उनले कांग्रेसको नेतृत्वमा मात्र मधेश प्रदेश विकसित र समृद्ध हुने धारणा राखे ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका मधेश प्रदेश सदस्य एवं प्रचार प्रशार विभाग प्रमुख नितेश कुमार गुप्ताले प्रदेश सांसद कृष्ण प्रसाद यादवले रौतहट निर्वाचन क्षेत्र नं १ ख मा विकासको खोला बगाएको बताए ।
हालै सरकारले बाढी संकटग्रस्त क्षेत्र घोषणा गर्दा रौतहटको पाँच वटा पालीकालाई मात्र संकटग्रस्त क्षेत्र घोषणा गरेको तर माघवनारायण लगाएत पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा नगरी विभेद गरेको भनी गुप्ताले गम्भीर आपत्ति जनाएका छन्।
माधव नारायन नगरपालिका समेत बाढीले प्रभावित भएकोले माधव नारायन नगरपालिकालाई समेत विपद् संकटग्रस्त क्षेत्र घोषणा गराउन पहल गर्न गुप्ताले कांग्रेस सभापति कृष्ण प्रसाद यादवलाई ध्यानाकर्षण गराएका थिए।
गुप्ताको जवाफमा यादवले संकटग्रस्त क्षेत्र घोषणा हुनबाट छुटेका पालिकाहरुलाई आफूले संकटग्रस्त क्षेत्र घोषणा गराउन प्रयासरत रहेको बताएका थिए।
कार्यक्रममा माधव नारायण नगरालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, गढीमाई नगरपािकाका नगर प्रमुख श्याम प्रसाद यादव, कांग्रेसका मधेश प्रदेशका मुख्य सचिव सन्तु यादव लगाएतका वक्ताहरुले आ–आफ्ना शुभकामना मन्तव्य राखेका थिए।

error: Content is protected !!