मानिसअवैध साढे ८ लाख सहित काठमाडौंमा पक्राउ 

रौतहट १ कार्तिक।

उनलाई ८ लाख ५० हजारसहित भक्तपुरबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौँ महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईं रहेका छन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेमा स्रोत नखुलेको नेपाली रुपैयाँ  लिने दिने काम हुने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चौलागाईंलाई पक्राउ गरेको हो । डिएसपी ढुण्डीराज नेउपानेका अनुसार उनको साथबाट १ हजार दरको ८ लाख रुपैयाँ र ५ सय दरको ५० लाख रुपैयाँ बरामद गरिएको छ । त्यस्तै, विभिन्न बैंकका एटीएम र चेक, मोटरसाइकल, पत्रकारको परिचयपत्र लगायत बरामद गरिएको छ । उनीमाथि मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ क हुन्डीसम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रौतहटका एकजना मानिस स्रोत नखुलेको साढे ८ लाख रुपैयाँ सहित काठमाडौंमा पक्राउ परेका छन्।

error: Content is protected !!