चार महिना ढिलो गरि फतुवा बिजयपुर नगरपालिकाको आठौं नगर सभा संम्पन

सागर संगम ठाकुर रौतहट कार्तिक ३ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकाले चार महिना ढिलो गरि यस आर्थिक वर्षको लागि ६० करोड भन्दा बढीकाे बजेट पास गरेको छ । फतुवा बिजयपुर नगरपालिकाकाे आठौं नगर सभा तथा बजेट अधिवेशन कार्यक्रम संम्पन भएको हो ।नगरपालिकाको सभाकक्षमा शनिबार भएको आठौं नगरसभाबाट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ६०करोड ७७ लाख सात सय ९८ रुपैया बजेट ल्याएको हो । नगरसभाका अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख अम्बया खातुनकाे निर्देशनमा दुधिअवा क्याम्पसका शिक्षक रंजन खरेलले यस आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । आर्थिक वर्षमा पुजीगत तर्फ २६ कराेड ४६ लाख ४६ हजार सात सय १० र चालुतर्फ ३४ कराेड ३० लाख५४ हजार ८८ रुपैयाँ बराबरको बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको जानकारी दिए ।नेपाली कांग्रेस जिल्ला सभापति तथा मधेस प्रदेश सरकारका नव नियुक्त अर्थमन्त्री सुनिल कुमार यादवकाे प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समितिका सभापति रामअयाेध्या राय यादवकाे उपस्थितिमा नगरसभा सम्पन्न भएको हो ।कार्यक्रममा अतिथिको रुपमा प्रदेश सभा सदस्य उमेदवार शेख सेराज,नगर प्रमुख पदका

प्रत्यासी ज्ञानेन्द्र कुमार यादव,प्रमुख प्रशासकीय अधिकृत प्रमाेद कुमार गुप्ता, याेजना प्रमुख लगाएत सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, लगाएत सुरक्षाकर्मी संचारकर्मी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।असार १० गते भित्र गर्नुपर्ने नगर सभा जनप्रतिनिधिहरुकाे आन्तरिक विवाद र भागवण्डाले गर्दा गरी संम्पन भएको छ ।नगरपालिकाका नगर प्रमुख गाेपाल राय यादव लालबकैया खाेलाकाे बालुवा गिट्टी जथाभावी उत्खनन् गरि दाेहन गरेकाे कार्यमा अभियाेग लागेपछि निलम्बित हुदा कार्यवाहक मेयरकाे रुपमा अम्बया खातुन कार्यभार सम्माहाले का छन । फतुवा बिजयपुरमा एउटै पार्टीबाट मेयर /उपमेयर निर्वाचित भएपनि समयमा नगर सभा न हुदा पालिका भित्र कार्यरत शिक्षक स्वास्थ्यकर्मी लगाएतका कर्मचारीहरु तलब खान्नबाट बन्ञ्चित भएको थियो ।

error: Content is protected !!