कटहरिया नगरपालिकामा जसपाको नगर कमिटी गठन

सागर संगम ठाकुर रौतहट ,कार्तिक ०३ गते

रौतहटको कटहरिया नगरपालिकामा जनता समाजवादी नेपालको नगर कमिटी गठन भएको छ । जसपा नेपालको अधारभुत संगठन निर्माण कार्यक्रम अन्तर्गत सो कमिटी गठन गरिएको छ ।
जसपा नेपाल रौतहटको जिल्ला कमिटीको आयोजनामा कटहरिया नगरपालिकामा राम सेवक राय यादवको अध्यक्षतामा ३१ सदस्य नगर कमिटी गठन गरिएको हो ।


पार्टीका केन्द्रीय उपाध्यक्ष गोबिन्द चौधरीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ३१ सदस्यीय वाड कमिटी गठन गरिएको जसपा नेपालका नव गठित नगर कमिटी अध्यक्ष राम सेवक राय यादवले जानकारी गराएका हुन् । कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य सदस्य चुल्हाई राय यादव, संन्तलाल चौधरी,रामअश्रे चौधरी, गरुडा नगरपालिकाका मेयर प्रत्यासी अनिल कुमार यादवलगाएत जिल्लाका नेता कार्यकर्ताहरुको बिषेश उपस्थिती रहेको थियो ।

error: Content is protected !!