दशैंमा भोजको नाउमा चन्दा उठाएपछि ईप्रका कटहरियाका सई शिवशंकर शर्मा जिल्ला तानिए

कार्तिक ७ गते रौतहट
रौतहटको चर्चित बजार कटहरिया स्थित ईलाका प्रहरी कार्यालयका प्रमुख सई शिवशंकर शर्मा जिल्ला तानिएका छन्।
सई शर्माले प्रहरीको मर्यादा बिपरित गतिबिधि गरेको आरोप लागेपछी उनी समय अगावै जिल्ला तानिएका हुन। दशैंमा बड़ा भोजको नाउँमा पसल पसलमा चन्दा असुली संगै सई शर्मा आर्थिक प्रलोभनमा परी तस्करी गराएको गुनासो बढेपछि जिल्ला तानिएको प्रहरी स्रोतले जनाएको छ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सई शर्मा जिल्ला प्रहरी कार्यालय तानिएको र उनको स्थानमा सई मुकेश कुमार सिंह लाई जिम्मेवारी दिइएको छ।
एसपी घिमिरे जिल्लाको कमाण्ड सम्हाले देखी संस्थागत तस्करी देखी आपराधिक क्रियाकलाप कमी आएको अवस्थामा सई शर्मा आर्थिक प्रलोभनमा परेर तस्कर लाई कटहरियामा लाईन दिएको उनी माथि आरोप लागेको छ।
त्यतिमात्र नभई सानो समयभित्रै तस्करी देखी गैरकानुनी क्रियाकलाप नियन्त्रण गरेर जिल्लाको सफल नेतृत्व गरेका एसपी घिमिरे लाई बदनाम गराउने किसिमले कैयौं जनप्रतिनिधि संग पटकपटक पैसा माग्ने गरेको उनीमाथि आरोप लागेको छ।
कटहरिया नगर कार्यपालिका बोर्डका सदस्य मनोज कुमार जैसवालले आफ्नो स्वार्थको निम्ती ईमान्दार अफिसर लाई समेत बदनाम गराउन खोज्ने सई शर्माको गतिबिधि छानबिन गरी कारबाही हुनुपर्ने माग गरेका छन्।
सई शिवशंकर शर्मा ईलाका प्रहरी कार्यालय कटहरिया बाट ६ महिना न पुग्दै जिल्ला प्रहरी कार्यालय रौतहट तानिएका छन्।
सई शर्माले केही मानिसले अनेक पूर्वाग्रहको कारण आफूमाथि मिथ्या आरोप लगाएको भनेर प्रतिक्रिया दिएका छन्।

error: Content is protected !!