सिजन २ को मेयर कप टि–२० नक आउट टुर्नामेनटलाई मेयर जयसवालद्धारा उदघाटन
रबिन्द्र प्रजापति, कार्तिक १६ गते । रौतहट ।
रौतहटको कटहरियामा आज देखि शुरु भएको सिजन २ को मेयर कप टि–२० नक आउट टुर्नामेनटलाई कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले उदघाटन गरेका छन ।
उदघाटन गर्दै मेयर जयसवालले खेलको माध्यमले हाम्रा देशका खेलाडीहरु अन्तराट्रिय स्तरमा नेपाललाई नाम चिनाउन सफल भएको भन्दै खेलाडीहरुलाई स्थानिय सरकार र जनप्रतिनिधीहरुले त्यसमा लगानी गर्नु पर्ने आवश्यक्ता देखिएको बताउनु भयो । मेयर जयसवालले पानसमा बत्ती बाली रेबिन काटी उदघाटन गरे ।
कटहरिया आफनो निर्वाचन क्षेत्र अन्तरगत पर्ने कटहरियामा प्रमुख अतिथी समेत रहनु भएका मेयर जयसवालले मैत्रीपुर्ण खेलको उदघाटन गर्नु भएको छ । नगर प्रमुख जयसवालले क्रिकेट खेल मनोरंजनको लागि मात्र नभई स्वास्थ्यको लागि पनि फलदाईका रहेको समेत बताएका छन ।
उदघाटन कार्यक्रममा गरुडा नगरपालिकाका मेयर प्रत्याशी दिपक यादव, श्री जनता मा.बि कटहरियाा प्रध्यानध्यापक सचिन्द्र प्रसाद कुशवाहा, कटहरिया म्यूजिकल एफ एकका प्रबन्घ निर्देशक प्रकाश श्रेष्ठ, कार्यापालिका सदस्य मनोज जयसवाल, वडा सदस्य, लगाएत बिभिन्न जनप्रतिनिधी र खेलप्रेमी स्थानियहरुको बिषेश उपस्थित रहेको थियो ।
कटहरिया नगरपालिकाको आयोजनामा २०८० साल देखि मेयर कप टि–२० नक आउट टुर्नामेनट खेल हुँदै आएको छ । मेयर जयसवालले खेलाडीको माग र खेलाडीको हौस्ला बढाउनका लागी मेयर कप टि–२० नक आउट टुर्नामेनट खेलको आयोजना गरिएको उदघाटन गर्दै बताए । उक्त खेलमा प्रथम हुने टिमलाई ५५ हजार सिल्ड मेडल, र दोस्रो हुने टिमलाई ३१ हजार सहित सिल्ड मेडल पुरुषकार पाउने छ्न ।
उदघाटन पश्चात भएको को पहिलो खेलमा बाराको सिमरांनगढ र रौतहटको गरुडा बिच भिडण्त भएको थियो । गरुडा र सिमरांनगढ बिच भएको खेलमा गरुडाको टोलीले ८ बिकेटले जित हात पारेका छन । भोली शनिबार गौर र कटहरिया भिडने छ भने १८ गते यु. सि.सि.कल्ब बिरगंज पर्सा र जनकपुर पेस फाउन्डेसन जनकपुर बिच खेल हुने छ ।
त्यस्तै १९ गते चपुर रौतहट र मकवानपुर हेटौंडा बिच खेल हुने छ । २० गते सेमिफाईनल १ र २४ गते सेमिफाईनल २ र २६ गते फाईनल खेल हुनेवाला छ ।