रौतहटका मरिक समुदायलाई बासको सामग्री बनाउन चटारो

रबिन्द्र प्रजापति, कार्तिक १७ गते । रौतहट ।
छठ पर्व नजिकिएसँगै रौतहटका मरिक समुदाय अहिले बासको सामग्री बनाउन व्यस्त भएका छन । छठ आउन एक हप्ता भन्दा कम रहेकोले मरिक समुदायलाई बासको समाग्री बनाउन चटारो भएको छ । यस वर्ष छठ पर्व कार्तिक २२ गते मनाईदै छ ।

जिल्लाको विभिन्न पालिकामा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको विभिन्न सामग्री बनाउन भ्याईनभ्याई भएको छ ।
छठ पर्व आउन अझैं एक हप्ता भन्दा कम रहेकोले मरिक समुदाय छठ पर्वमा प्रयोग हुने छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति, कोनिया, ढाकी लगायतका बाँसका सामग्री बनाउन अहिले निकै व्यस्त भएका छन ।

छठमा बासका सामग्रीको माग अत्याधिक हुने भएकाले मरिकहरू छठ लक्षित बाँसका सामग्री बनाएर बेच्ने गरेका छन् । छठ पर्वमा बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति कोनिया, ढाकी लगायतका सामग्रिको आवश्यक्ता पर्ने गर्छन ।

मरिक समुदाय बाँसका यी सामग्रिहरु बनाएर प्रत्येक वर्ष बजारमा बेच्ने गर्छन । मरिकहरुले प्रत्येक वर्ष छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्रि बनाएर राम्रो आम्दानी गर्ने गर्दछन ।

जिल्लाको कटहरिया, गरुडा, बरियारपुर, मर्यादपुर, माधोपुर, पिपरा, लगायतका क्षेत्रका मरिकहरु छठ लक्षित बाँसको सामग्री बनाउन व्यस्त भएका छन् ।

गाउँगाउँबाट आफूहरुले १५० देखि २५० सम्ममा बाँस किनेर ल्याएको र छठमा प्रयोग हुने सामग्री बनाउन व्यस्त बनेको मरिक समुदायका व्यक्तिहरू बताउँछन् ।

छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक यस बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन व्यस्त हुने गरेको उनीहरूको भनाइ छ ।

पहिले पहिले तराई मधेशमा मात्र मनाइने छठ पर्व अहिले विस्तारै पहाडमा समेत मनाउन थालिएको छ ।

अहिले यो पर्व विस्तार हुँदै पहाडी समुदायका व्यक्तिहरु समेत मनाउने गर्दछन् । विभिन्न भाकल पुरा गर्न छठ पर्व मनाइने गरिन्छ भने धेरैजनाले अरुलाई देखेर पनि मनाउने गर्दछन् ।

छठ पूजा गर्नेहरुको संख्यामा वृद्धि हुँदै जाँदा बाँसको सामग्रीको माग पनि बढ्दै गएको छ ।

छठमा बाँसको सामग्री पुर्याउनलाई आफूहरुले महिना दिन अगाडिबाट काम शुरु गरेको भए पनि अहिले छठ पर्व आएका बेला आफूहरू सोही सामग्री बनाउने काममा व्यस्त बनेको कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरियाका शम्भु डोमको भनाई छ ।

आफूहरुको रोजगार र पेशा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भएर लागेको र त्यसबाट आएको आम्दनीबाट छोराछोरीलाई राम्रा राम्रा विद्यालयमा पढाउने समेत गरेको मरिक समुदायका व्यक्तिहरू बताउँछन ।

छठ पर्वमा प्रयोग हुने बाँसको सामग्रिको अत्याधिक माग हुने गरेकोले आफुहरु महिनोदेखी नै सामग्रि
बनाउन शुरु गरिसकेको र यसबाट प्रत्येक वर्ष राम्रो आम्दानी समेत हुने गरेको शम्भु डोम भनाइ छ ।

error: Content is protected !!