पेटभर्वामा हियालोलो भन्दै डाढ बोलाएर सोहरैया पर्व मनाईयो

दिपेन्द्र रजक कार्तिक १७ गते । रौतहट ।
सदियौं देखी रौतहटमा मनाईदै आएको चौपायाहरुको सोहरैया पर्व आज सनिबार हियालोलो भन्दै बिषेश रुपले मनाईएको छ ।
प्रत्येक बर्ष लक्षमीपुजाको भोली पल्ट मनाईने सोहरैया पर्व यो बर्ष लक्षमी पुजाको भोली पल्ट शुक्रबार सोहरैया मनाउनको लागो राम्रो दिन न भएको पन्डितले बताए पछि आज सनिवार मनाएका छन ।
मान्यता अनुसार आज सनिवार फतुवा बिजयपुर नगरपालिका ६ पेटभरवा गाँउका पशुपालक किसानहरुले हियालोलो भन्दै डाढ बोलाएर सोहरैया पर्व मनाएका छन ।
लक्षमीपुजा भए पछि गाई,भैँसी,गोरुलाई नुहाईध्वाई, नया डोरी फेरिन्छ सनिवार बिहानै देखी चोखो बसेका एकजना किसानले तराईमा पाईने सोहराईको बिरुवा चौरमा रोप्छन र सोही ठाँउमा गाँउ भरीको दुहुनो गाई, भैँसी जम्मा गरिन्छ ।
जम्मा भएको गाई भैँसीको को बिचमा डोरीले बाँधिएको सुंगुरको बच्चा राखेर एकजना किसानले जोरले घिसार्छन । सुँगुरलाई घिसारेको देखेर आफनै बच्चा समझेर गाई,भैँसी जोरले कराउँदै जता ततै दौडछन । त्यसलाई डाढ बोलाउने भनिन्छ ।
सो समयमा त्यहाँ उपस्थित मानिसहरु हिया लोलो हिया लोलो भनेर जोर जोरले कराउँछन र सोहरैया पर्वको आनन्द लिन्छन । सो अवसरमा गाई,भैँसी,र गोरु जुधाउने गरिन्छ ।
यसपर्व लाई सोहरैया तथा डाढ बोलाउने पर्व भनिन्छ । पुर्व काल देखीको परम्परा अनुसार सनिवार पेटभरवा गाँउ छेउको चौरमा दिउसो एक जना स्थानिय किसानले सोहराईको बिरुवा रोपे लगतै डाढ बोलाईएको थियो ।
पेटभरवा टेंग्राहा , फतुवा डुमरिया, रामदासी लगाएत आसपासका दुई सय भन्दा बढी गाई,भैँसी सोहरैयामा सहभागी रहेको थियो ।
त्यसैको अवसरमा कुस्ती प्रतियोगिता पनि भएको थियो । सोहरैया पर्व र कुस्ती हेर्ने एक हजार भन्दा बढी मानिस सहभागी रहेको सामजसेबि जितेन्द्र पटेल बताएका छन ।
यसरी हुने गरेको सोहरैया पर्व तथा डाढ बोलाउने चलनले गाई बस्तु चौपायाहरु रोग लाग्न बाट बच्ने मान्यता रही आएको फतुवा बिजयपुर नगरपालिका वाडा नम्बर ६ पेटभर्वाको एक एक जना किसान एवम भाबी वडा प्रत्यासी सुरेन्द्र यादव बताएका छन ।
बिगतमा पेटभरवाका जस्तै कटहरिया,भसेढवा लगायत रौतहटको अधिकांश स्थानमा सोहरैया तथा डाढ बिलाउने पर्व मनाईन्थ्यो । तर हाल मात्र पेटभरवामा सिमित भएको छ । सोहरैया पर्वको अवसरमा पेटभरवामा सामान्य मेला जस्तै लागेको थियो ।

error: Content is protected !!