नगर प्रमुृख जैसवालद्धारा अभियानको पहिलोदिन ४ सयभन्दा बढि छठ ब्रतालुलाई दउरा,सुपलि र साडी बितरण
रमेश कुमार यादब, कार्तिक १७ गते । रौतहट ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल आफ्नो सेवाभाव र सहयोगी प्रवृत्तिका कारण जनप्रिय नेता बन्न सफल हुनु भएको छ । जसरी वहाँ चुनावअघि नै नगरका जनताका विभिन्न चाडपर्व तथा धार्मिक कार्यहरूमा आफ्नो सक्रियता देखाउनु हुन्थ्यो, त्यसै गरि नगर प्रमुख बनेपछि पनि उक्त सक्रियता र जनताप्रतिको स्नेहमा कमी आउन दिएको छैन । त्यति मात्र नभएर नगर प्रमुख जैसवालको समर्पण र सेवाभावलाई लिएर नगरवासीहरुले धेरै प्रशंसा गर्दै आएका छन् । हरेक वर्ष विशेष पर्व तथा चाडपर्वको अवसरमा जैसवालले विभिन्न सहयोग कार्यक्रमको आयोजना गर्दै आएका छन् । यस पटक पनि छठ पर्वको अवसरमा उनले गरुडा नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने अति गरिब, विपन्न, र सामाजिक रूपमा पछाडि परेका परिवारका छठ व्रतालु महिलाहरुलाई दउरा, सुपली र साडी सेट वितरण गर्नुभएको छ । नगर प्रमुख जैसवालले यो अभियानको सुभारम्भ गर्दै भन्नुभयो, “छठ पर्व हाम्रो संस्कृति र परम्पराको अभिन्न अङ्ग हो । यसको लागि आवश्यक सामग्री जुटाउन धेरै विपन्न वर्गले आर्थिक समस्या भोग्नुपर्ने अवस्था हुन्छ । यस्तो परिस्थितिमा मेरो तर्फबाट केही सहयोग गर्न पाउँदा आफैँलाई खुशी लाग्छ ।”त्यसैले “जनताका समस्या र दुखलाई आफ्नै सम्झेर यो सहयोग अभियान सञ्चालन गरेको हुँ । हाम्रो नगरपालिकामा आर्थिक समस्या र अभावमा रहेका धेरै परिवारहरु छन्, र यो हाम्रो कर्तव्य हो कि उनीहरुलाई यस्ता चाडपर्वमा केही राहत दिन सकौं भन्ने उदेश्यले यो अभियान संन्चालन गरेका छु ।”यस अभियानको पहिलो दिन नगर प्रमुख जैसवालले वडा नं. ८ जिंगडिया बिर्तामा अति गरिब र विपन्न परिवारका २५० छठ व्रतालु महिलाहरुलाई दउरा, सुपली र साडी सेट वितरण गर्नु भएको छ । यस अघि, वडा नं. १ जयनगरमा पनि १६० जना छठ व्रतालु महिलाहरुका लागि यस्तै सहयोग कार्यक्रम सम्पन्न भएको थियो । छठ पर्व हिन्दू धर्मावलम्बीहरुका लागि विशेष मानिन्छ, र यस पर्वमा व्रतालु महिलाहरुले विशेष पूजाका लागि आवश्यक सामग्रीहरु जुटाउनु पर्दछ । नगर प्रमुख जैसवालले निर्वाचित हुनु अघि पनि हरेक वर्ष छठ व्रतालुहरुलाई पूजामा आवश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएका थिए । निर्वाचित भए पछि पनि उहाँको यो परम्परा कायमै रहेको छ, जसले गरिबीका कारण पर्व मनाउन नसक्ने परिवारहरुलाई सहयोग पु¥याउने उद्देश्य राखेको छ । नगरपालिकाका स्थानीय बासिन्दाहरुले यो पहलप्रति आभार व्यक्त गर्दै नगर प्रमुख जैसवालको सामाजिक सेवाको भावना र प्रतिबद्धताको प्रशंसा गरेका छन् । जनताको विश्वास जित्दै गरुडा नगरपालिकामा जनमुखी विकासका योजना ल्याउनका लागि पनि नगर प्रमुख जैसवाल निरन्तर क्रियाशील हुनुहुन्छ । साथै बाँकी रहेका अरु वार्डहरुमा पनि आईतबार आज बितरण गर्ने योजना रहेको नगर प्रमुख जैसवाल बताउनु भयो ।