कटहरियाका वडा अध्यक्ष गुप्ताको पहलमा बत्ती जडान हुँदै
रबिन्द्र प्रजापति, कार्तिक १८ गते । रौतहट ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया र बलिरामपुरमा वडा अध्यक्ष सर्फलाल गुप्ताको पहलमा ५ वार्डको बत्ती जडान कार्य शुरु भएको छ । वडा अध्यक्ष एंवम क्षेत्रिय सभापति गुप्ताले आफ्नो वडामा रहेको हरेक विद्युतीय पोलमा ५ वार्डको बत्ती जडानको कार्य भईरहेको जानकारी दिनु भयो ।
वडा अध्यक्ष गुप्ताले दिएको जानकारी अनुसार अहिले सम्म ५ सयको हराहारीमा बत्ती जडान भईसकेको छ र बाकीँ ठाउँमा जडान कार्य जारी रहेको छ । आफ्नो वडाको पोलमा बत्ति नहुँदा छठ पर्वमा आवत जावत गर्न सहज हुने उद्देश्यले बत्ती जडान गरिएको वडा अध्यक्ष गुप्ताले जानकारी बताउनु भयो ।
कटहरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले घाट सम्म जाने सडक खण्ड सहित गाउँको हरेक पोलमा बत्ती जडान गर्दा बाटो अहिले उज्यालोमा परिन्त भएको देखिन्छ । पोल पोलमा बत्ती जडान हुँदा स्थानीयहरुले वडा अध्यक्ष एंवम् क्षेत्रिय सभापति गुप्तालाई खुलेर प्रशान्सा गरिएको छ ।
वडा अध्यक्ष गुप्ताले आर्थिक सहयोग र अन्य पूर्वाधारमा समेत ध्यान दिँदै आएको छ । छठ पर्वको धार्मिक महत्त्व र सामाजिक एकताका लागि छठ घाटको उचित निर्माण, सफाइ, र व्यवस्थापन महत्त्वपूर्ण मानिन्छ सोही उद्देश्यले वडा अध्यक्ष गुप्ताले बत्ती जडानलाई तिब्रता दिएका छन ।
बाटोमा वन्यजन्तुको आक्रमणबाट सुरक्षित हुन र रातको समयमा आवतजावतको सुविधाका लागि आफ्नो वडाको हरेक विद्युतको पोलसहित बत्ती जडान गरेको हो। सुरक्षासहित रातको समयमा सर्वसाधारण तथा धर्मावलम्वीहरुको आवतजावत सहज बनाउने उद्देश्यले बत्ती जडान गरिएको छ ।