अभियानको दोस्रो दिन नगर प्रमुख जैसवालले ५ सय भन्दा बढि ब्रतालुलाई गरे छठ पुजाको समाग्री बितरण

रमेश कुमार यादब, कार्तिक १८ गते । रौतहट । रौतहटको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले छठ पर्वको अवसरमा स्थानीय गरिब, विपन्न र दलित समुदायका महिलाहरुलाई सहयोग गर्ने कार्यक्रमको दोस्रो दिन सम्पन्न गरेका छन् । यस अवसरमा, जैसवालले नगरपालिका वार्ड नं. ४ गरुडा र वार्ड नं. ६ अमरपट्टी, पोठियाहीमा गरि ५ सय ४५ जना अति गरिब, विपन्न तथा दलित महिलाहरुलाई छठ पर्वका लागि आवश्यक सामग्रीहरू दउरा, सुपली र साडी सेट वितरण गर्नु भएका छन् ।नगर प्रमुख जैसवालको सामाजिक योगदानको यो क्रम निर्वाचित हुनु अघि पनि जारी थियो । नगरका गरिब, विपन्न, दलित र अन्य पीडित वर्गहरूलाई सहयोग पुर्याउने कार्यमा उनले विशेष योगदान गर्दै आएका छन् । जैसवालको यो अभियानमा उनले आफ्नो व्यक्तिगत प्रयासका साथै जनप्रतिनिधिको हैसियतबाट पनि नगरवासीलाई सहानुभूति र सहयोग पुर्याउँदै आइरहेका छन् । उनका अनुसार, आफ्नो पदको कार्यकाल भरि उनले यस्तो सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।नगर प्रमुख जैसवालले भनेका छन् कि समाजको लागी गरिरहेको समाजिक कार्यमा सहयोग गर्न सबैमा अपिल समेत गर्नु भएका थिए । वहाँले भने बिकासको काममा सबैजना हातेमालो गर्नुको सटा बिपक्षीहरुले कुनै पनि काममा बाधा अवरोध मात्र सृजना गरि खुटा तान्ने काम गरेको प्रति नगर प्रमुख जैसवाल आपति जनाउनु भएको थियो । यदि हामिले नगर बिकासको बिरोधमा काम गरिरहेको छु भने त्यसमा अवरोध गर्दा एउटा सुहाउँदो कुरो हो तर नगरको हकहितमा हुने काम बिरोध जनाउनु आपतिजनक रहेका बताउनु भएको थियो । केहि ब्यतिm आफ्नो निजि स्वार्थका लागी जनताको दुख दिने काम गरेकोमा आफु एक कदम पछाडी नहटने बताउनु भएका थिए । आफु अहिले नभएर सधैं जनताको हकहितको लागी लडीरहने र लडिरहेको पनि बताउनु भयो । नगरवासीहरूको कठिनाइलाई आफूले व्यक्तिगत रुपमा महसुस गरी यस प्रकारको सहयोग गर्दै आइरहेका छु । उनका अनुसार, यो कार्य केवल पर्वको अवसरमा सिमित नरही, समाजका हरेक तप्का र वर्गलाई सकेसम्म निरन्तर सहयोग गरिरहने उनको उद्देश्य रहेको छ । यस अभियानको पहिलो दिन, जैसवालले ४ सय भन्दा बढी महिलालाई दउरा, सुपली र साडी सेट वितरण गरेका थिए । यसैगरी, आइतबार दोस्रो दिन पनि गरिब, दलित र विपन्न महिलाहरूलाई सहयोग पुर्याइएको थियो । जैसवालले अभियानको तेस्रो दिन सोमबार पनि यस्तो सहयोग वितरण कार्यलाई निरन्तरता दिने जानकारी गराएका छन् । नगर प्रमुख जैसवालको यो सहयोग कार्यलाई स्थानीय बासिन्दाले सराहना गरेका छन् । जैसवालले गरिब, विपन्न तथा दिनदुखीहरुको सहयोगमा आफ्नो महत्वपूर्ण योगदान दिँदै जनताको मन जित्न सफल भएका छन् ।

error: Content is protected !!