नगर प्रमुख कुर्मिको जेठो दाई जोखु राउतको १३ औं पुण्यतिथि तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन
रमेश कुमार यादब, कार्तिक १९ गते । रौतहट ।
बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मीको जेठो दाई जोखु राउत कुर्मीको १३ औं पुन्यतिथी तथा श्रद्धाञ्जली सभा बृन्दावन नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा नेपाल कम्युनिस्ट समाजवादी पार्टीका उच्च नेताहरु, स्थानीय जनप्रतिनिधिहरू, शुभचिन्तक, आफन्तजन र समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो ।
सभाको सुरुवात २ मिनेट मौन धारण गरी स्वर्गीय जोखु राउत कुर्मीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।यस कार्यक्रममा नेपाल कम्युनिस्ट समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव रामकुमार भट्टराई, प्रदेशसभा सदस्य कनिस पटेल, पार्टीका केन्द्रीय सदस्य महेन्द्र चौलागाई, बिनिता बखरेल, तथा जिल्ला अध्यक्ष कमल यादब लगायतका नेताहरूले स्वर्गीय जोखु राउत कुर्मीको तस्बिरमा पुष्प गुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रमका वक्ताहरूले जोखु राउत कुर्मीको सरल र समर्पित जीवनशैली, समाजसेवामा उनको योगदान तथा उनको नेतृत्व क्षमताका बारेमा स्मरण गर्दै उहाँप्रति श्रद्धा प्रकट गरेका थिए ।श्रद्धाञ्जली सभामा प्रमुख अतिथि तथा पार्टीका बरिष्ट उपाध्यक्ष राजेन्द्र पाण्डेले सम्बोधन गर्दै भने, जोखु राउत कुर्मीले समाज र पार्टीको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै उनीप्रति सम्मान व्यक्त गरेका थिए ।
“हामीले पार्टीको एउटा वीर योद्धा गुमाएका छौं । उहाँले समाज र पार्टीका लागि गरेको योगदान सधैं सम्झने लायक छ । उहाँले देखाएको मार्ग र उहाँको योगदानबाट हामी सबैले प्रेरणा लिनुपर्छ ।“ पाण्डेले जोखु राउत कुर्मीले समाजमा देखाएको नेतृत्व क्षमताको उदाहरण दिदैँ आगामी पुस्ताले पनि उहाँबाट शिक्षा लिनुपर्नेमा जोड दिएका थिए ।
उहाँले पार्टी र समाजका लागि सदैव त्याग र समर्पण भाव राख्नु हुनुहुन्थ्यो । उहाँको अनुपस्थिति हामी सबैलाई खल्लो लाग्नेछ।“ अन्य वक्ताहरूले पनि जोखु राउत कुर्मीको स्मरण गर्दै उहाँको योगदानको प्रशंसा गरेका थिए । उनले समाजको विकास र उत्थानका लागि गरेको कार्य र मेहनतको प्रशंसा गर्दै मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपस्थित स्थानीय नेता, शुभचिन्तक, परिवारजन तथा अन्य सहभागीले पनि आफ्नो मन्तव्य राख्दै स्वर्गीय जोखु राउत कुर्मीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।अन्त्यमा, नगर प्रमुख बिनोद प्रसाद कुर्मीले पनि आफ्नो दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निष्ठा र त्यागलाई उदाहरणीय बताउनु भएको थिए ।
कार्यक्रममा जोखु राउत कुर्मीको संघर्षशील जीवन र स्थानीय समाजप्रतिको सेवाको चर्चा पनि गरिएको थियो । कुर्मी परिवारका सदस्यहरू, शुभेच्छुक, राजनीतिकर्मी, र अन्य स्थानीय प्रतिनिधिहरूले पनि श्रद्धाञ्जली अर्पण गर्नुका साथै श्रद्धाञ्जली सभाका साथ, सहयोग गर्नु भएका आफन्त र सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।