बिकास बिरोधीहरुको प्रतिकार गर्न नगरबासिमा आग्रह : गरुडाका नगर प्रमुख जैसवाल

रमेश कुमार यादब,कार्तिक १९ गते । रौतहट ।
गरुडा नगरपालिका नगरप्रमुख कन्थमनी प्रसाद जैसवालले हरेक वर्षझैं यस वर्ष पनि आफ्ना नगरका विपन्न, दलित र असहाय छठ ब्रतालुलाई छठ पर्वमा आवश्यक पर्ने सामग्री वितरण अभियानलाई निरन्तरता दिएका छन् । मेयर जैसवालले सामाजिक जिम्मेवारी र धार्मिक आस्थाप्रति समर्पित भई यस्तो कार्यलाई निरन्तरता दिएका छन् । यस पटक उनले १८०० विपन्न र असहाय महिलालाई छठ पर्वमा प्रयोग हुने सामग्री वितरण गर्ने लक्ष्य राखेका छन् ।

उनले अहिले सम्म आफ्नो नगरको वार्र्ड नं. १,२, ४, ६, र ८ गरि करिब १२०० छठ ब्रतालुलाई दउरा, सुपली, साडी सेट लगायतका सामग्री वितरण गरिसकेका छन् । त्यसतै अभियानको तेस्रो दिन नगर प्रमुख जैसवालले गरुडा नगरपालिकाको वार्ड नं.९ गम्हरिया, सिसवामा २ सय र वार्ड नं.२ गेढीगुठीमा करिब २ सय ५० जना छठ ब्रतालु महिलाहरुलाई बितरण गर्नु भएको बताउनु भयो ।

शुभकामना अदानप्रदान तथा छठ पुजा समाग्री बितरण कार्यलाई सम्बोधन गर्दै वहाँले भने यो मेरो लागी कुनै नौलो कुरो होईन यो म निर्वाचित हुनु अघि पनि बितरण गरेका थिए र आज तपाईहरुको माया प्रेम स्नेहले म नगर प्रमृुखमा निर्वाचित भएका छु र निर्वाचित भए पश्चात पनि नगरको गरिब दिनदुखि मानिसहरुको सहयोग गर्दै आईरहेको छु ।

सो अनुरुप तपाईहरुको दुख पिडालाई बुझेर कि पर्व गर्नमा कुनै प्रकारको बाधा अवरोध नओस भनि उदेश्यले म बाट केहि राहत प्राप्त होस भनि मनसायले यो छठ पुजा बितरण कार्यलाई निरन्तरता दिईरहेको बताउनु भयो । वहाँले भने, “छठ पर्व हाम्रो धार्मिक र सांस्कृतिक परम्परा हो ।

यस पर्वमा विपन्न परिवारलाई आवश्यक सामग्रीको जोहो गरिदिनु हाम्रो दायित्व हो । यसले उनीहरूलाई आर्थिक सहयोग हुनुका साथै पर्व मनाउन सजिलो बनाउँछ ।“ नगर प्रमुख जैसवालले भने गरुडा नगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा यस कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गर्न मैले वडाध्यक्षहरू र स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरेर यो कार्य अगाडी बढाएका छौ ।

यो पहलबाट नगरवासीहरू अत्यन्तै प्रसन्न भएका छन् र मेयर जैसवालवको कार्यको प्रशंसा गर्दै उनका लागि आभार प्रकट गरेका छन् । छठ पर्वमा मुख्यतः दउरा, सुपली, साडी र अन्य पूजामा आवश्यक पर्ने सामग्रीको आवश्यकता पर्ने हुँदा जैसवालले यी वस्तुहरू वितरण गरिरहेका छन् ।

यस प्रकारका कार्यहरूले समुदायमा एकता र सामाजिक सहयोगको भावना बढाएको छ । मेयर जैसवालले भने, “गरिबीका कारण छठ ब्रतालुहरूलाई पर्व मनाउन कठिनाई नहोस् भन्ने हाम्रो उद्देश्य हो । हाम्रा नगरवासीहरूको सेवा गर्न पाउँदा मलाई गर्व लाग्छ ।“साथै तपाईहरुको माया, प्रेम, स्नेह र सहयोग साथ रहयो भने अगामी दिनहरुमा पनि नगरको बिकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भयो ।

बिकासका काममा सबै जना हातोमालो गरी सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो । केहि बिकास बिरोधी तत्वहरुको प्रलोभनमा नपरि तपाईहरुको हितमा हुने कामलाई एकजुट भई अगाडी बढन आग्रह समेत गर्नु भएका थिए ।

छठ पर्वको अवसरमा गरिएको यस प्रकारको सामाग्री वितरण कार्यक्रमले गरुडा नगरपालिकामा उदाहरणीय कार्यका रूपमा स्थापित भएको छ । मेयर जैसवालले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।