रौतहटको कटहरिया भएको क्रिकेटको फाईनलमा हेटौंडा टिम बिजयी, नगर प्रमुख जैसवालद्धारा बधाई ज्ञापन

रौतहट जिल्लाको कटहरियामा पहिलोपटक आयोजित अन्तर जिल्ला स्तरीय टी–२० नकआउट क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । यस प्रतियोगितामा विभिन्न जिल्लाका टिमहरूले सहभागिता जनाएका थिए, जसले स्थानीय खेलकुद क्षेत्रमा उत्साहको वातावरण सिर्जना ग¥यो । प्रतियोगिताको फाइनल खेल आयोजक टिम कटहरिया र हेटौंडा क्रिकेट टिमबीच कटहरिया नगरपालिका वार्ड नं। ४ स्थित क्रिकेट मैदानमा सम्पन्न भएको थियो ।

कटहरिया प्रीमियर लिग टी२० सिजन २ को अन्तर्गत भएको यो खेल सोमवार सम्पन्न भएको थियो, जसमा हेटौंडा क्रिकेट टिमले रोमाञ्चक प्रतिस्पर्धा पछि ७ रनले विजयी हासिल गरेको थियो । फाइनल खेलमा दुबै टिमले उत्कृष्ट प्रदर्शन गरेका थिए । हेटौंडा टिमको बलियो ब्याटिङ र बलिङ प्रदर्शनले अन्ततः कटहरिया टिमलाई पराजित गरेको थियो । खेलको प्रमुख आकर्षणका रूपमा हेटौंडा टिमको बलरले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो ।

समापन समारोहमा प्रमुख अतिथि कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले विजेता हेटौंडा टिम र उपविजेता कटहरिया टिमलाई सिल्ड, प्रमाणपत्र तथा नगद साथै मैन अफ द मैच, मैन अफ द सिरिज भएकाहरुलाई पुरस्कार वितरण गरेका थिए । उनले प्रतियोगिताको सफलता प्रति खुशी व्यक्त गर्दै विजेता र उपविजेता टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।

नगर प्रमुख जैसवालले आफ्नो सम्बोधनमा क्रिकेट खेलको माध्यमबाट जिल्लाको नाम अन्तर्राष्टिूय स्तरमा चिनाउन सकिने आशा व्यक्त गर्दै आगामी दिनमा खेलकुदका गतिविधिमा अझ बढी सहयोग र समर्थन दिने प्रतिवद्धता पनि जनाएका थिए । साथै, उनले खेलकुदमार्फत समाजमा स्वस्थ प्रतिस्पर्धा र भाइचारा फैलाउन मद्दत गर्ने उल्लेख गरेका थिए । उनले खेलकुदको क्षेत्रमा युवाहरूमाझ बढ्दो उत्साहप्रति खुशी व्यक्त गर्दै, कटहरियाको यस आयोजनाले स्थानीय स्तरमा क्रिकेट खेललाई प्रोत्साहन दिएको बताए ।

उनले थपे कि आफ्नो बाल्यकालमा क्रिकेट खेल त्यति लोकप्रिय नभए पनि पछिल्लो समय यो खेल सबै उमेरका लागि आकर्षणको केन्द्र बनेको छ । उनले आफू र आफ्नो परिवारलाई क्रिकेट मन पर्ने खेल भएको बताउँदै यस खेललाई अगाडि बढाउन नगरपालिकाबाट आवश्यक सहयोग र समर्थ न प्रदान गर्ने प्रतिबद्धता जनाए।

समारोहमा नगर प्रमुख जैसवालसँगै अन्य विशिष्ट अतिथिहरू, आयोजक समितिका सदस्यहरू, विभिन्न समाजसेवी, स्थानीय बासिन्दा तथा क्रिकेटप्रेमीहरूको उपस्थिति रहेको थियो। उक्त अवसरमा नगर प्रमुख जैसवालले आयोजक कटहरिया टिम र अन्य सबै सहयोगी संस्थाहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस प्रकारका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए। यस प्रतियोगिताले कटहरिया नगरपालिकामा क्रिकेट खेलको लोकप्रियता थप वृद्धि गराउने अपेक्षा गरिएको छ।

error: Content is protected !!