पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर अन्तीम श्रद्धाञ्जलीका लागि सानोगौचनमा

रौतहट, ३ मंसिर । पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर अन्तीम श्रद्धाञ्जलीका लागि सानोगौचनमा राखिएको छ ।
प्रजातान्त्रिक नेपालको पहिलो सभामुख बन्नु भएका ढुंगाना कलेजो सम्बन्धी समस्याबाट पीडित रहदै आएका उनको आईतवार यो संसारलाई सधैको लागि अलविदा गरे ।
सरकारी उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेता लगायत सानोगौचरन पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका विशिष्ट व्यक्तित्व उपस्थित भए ।
श्रद्धाञ्जलीपछि ढुंगानाको आजै राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

सार्वजनिक विदा
उनको सम्मान स्वरुप नेपाल सरकारको मन्त्री परिषदको आज बसेको बैठकबाट आज राष्ट्रिय विदाको घोषणा गरिएका छन् । पूर्व सभामुख ढुंगानाको सम्मानमा आज शोक विदा दिएको बताइएको छ ।

नेपाली काँग्रेसले दुई दिन आधा झण्डा झुकाउने

नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।
बैठकले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र १३ औं दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय समेत गरेको छ । ढुंगनाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो ।

error: Content is protected !!